धरानमा निषेधाज्ञा जारी : दलहरुले सद्धभावकाे लागि निकाले र्याली

 लिम्बुवान न्युज
                       


दमक, ८ भदौं । स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले आजबाट निषेधाज्ञा जारी गरेको हो ।
आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म २४ घण्टा निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो ।

उनले धरान प्रवेश गर्ने मुख्य सडक कोशी राजमार्गमा पर्ने तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको बताए । ती स्थानबाट प्रदर्शनमा आउने धरान प्रवेश गर्न दिएको छैन ।

‘हामीले सबैपक्षसँग छलफल गरेका छौं, धरानको आग्रह बाहिरबाट प्रदर्शनमा नआउनुहोस् भन्नेछ,’ प्रहरी उपरीक्षक ढकालले भने, ‘उच्च सुरक्षा सतर्कता अपनाएका छौं ।’

धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका छन् । जसका कारण साम्प्रदायिक सदभावमा असर पर्न सक्ने भएकाले प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले निकालेको सूचनामा भने डेंगु संक्रमण बढिरहेको र जनस्वास्थ्य आपतकालीन् अवस्था क्षेत्र घोषणा गर्ने गरी सम्बन्धित निकायमा सिफारिस गरिएको स्थितिमा सभा सम्मेलन गर्न निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

आज धरानस्थित उद्योग वाणिज्य संघको सभाहलमा धरानस्थित राजनैतिक दलहरुको संयुक्त भेलाले धरानमा देखापरेको धार्मिक, सांस्कृतिक विवादलाई सर्वपक्षीय सर्वदलीय वार्ताको माध्यमबाट समाधान गर्ने प्रतिबद्धता गर्दै विज्ञप्ति जारी गरेका छन् । धरानमा रहेका दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माअाेवादी, नेकपा (एस), जनता समाजवादी पार्टी, रास्वपा, राप्रपा, नाउपा (एकीकृत), नेससपा, सलाेराम, जनमुक्ति, किखसपा र विवेकशिल साझा पार्टीले संयुक्त रूपमा विज्ञप्ति जारी गरेका हुन् ।

दलहरुले सामाजिक सद्भाव कायम भदौं ९ गते गर्ने भनिएको प्रदर्शन सम्बन्धित पक्षलाई स्थागित गर्न समेत आव्हान गरेको छ । आजै दलहरुले धरानमा समाजिक सद्भाग कायम राखौं भन्दै ¥याली समेत निकालेका थिए ।

 

सम्बन्धित समाचार

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...