रंग तथा संचारकर्मी आङ्थुपाेकाे निर्देशनमा गीत ‘टाेलाए म टाेलाए’ सार्वज
शनिबार, १९ साउन, २०८१ साँझको ०७:११ बजे,
लिम्बुवान न्युज
दमक, १९ साउन । रंगकर्मी तथा सञ्चारकर्मी चेतन आङथुपोको निर्देशनमा नयाँ गित ‘टोलाए म टोलाए’काे भिडियाे सार्वजनिक भएको छ ।
सौगात न्यौपानेको शव्द तथा संगीतमा गायक शंखर योङ्हाङको आवाजमा रहकाे गित ‘टोलाए म टोलाए’ को अफिसियल म्युजिक भिडियो शुक्रबार सार्बजनिक गरिएको हो ।
चुलाचुली मिडियाको प्रस्तुतिमा सुजन श्रेष्ठको छायांकन, सम्पादन तथा कलर रहेको भिडियोमा दिब्या लावती र खेमराज धमलाको अभिनय रहेको भिडियाे चुलाचुली मिडिया युट्युव च्यानलबाट सार्वजनिक भएकाे छ ।
रिकेश गुरुङको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गित आर्टमाण्डु स्टुडियोमा सुजन भण्डारीले रेकर्ड गरेका हुन् ।
शरण हाङ जबेगु र राज धमलाको प्रायोजन, मन कुमार योङ्हाङ र सन्तोष बाहिङ राईको प्रडक्सन रहेको भिडियोमा सेमिहाङ फागो, माङहाङ लावती, ज्याति माझी र लवकुश भटराईको समेत अभिनय रहेको उक्त गीत मनिषा बराइलीले कोरियोग्राफी गरेका छन् ।
पछिल्लो समय नाटक, लघु चलचित्र तथा म्युजिक भिडियो निर्देशनमा ब्यस्त रहेका आङ्थुपोको पछिल्लो निर्देशित नाटक झोडा हो ।
विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...
झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...
दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...
विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...