नेपाल काभा नेसन्स लिग महिला भलिबलकाे फाइनलमा

 लिम्बुवान न्युज
                       

ललितपुर, २२ साउन । घरेलु टोली नेपाल काभा वुमन्स नेसन्स भलिबल लिगको फाइनलमा पुगेको छ । मंगलबार नेपालले इरानलाई सोझो सेटमा पराजित गर्दै भारतसँगको उपाधि भिडन्तलाइ पक्का गरेको हाे ।

यससँगै नेपालले यसअघि आइतबार समूह चरणमा इरानसँग भोगेको हारको बदला पनि लिएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको दोस्रो सेमिफाइनल भिडन्तमा नेपालले इरानलाई ३-० को सोझो सेटमा हराएकाे हाे ।

नेपालले इरानविरुद्ध पहिलो सेटमा २५-२१, दोस्रोमा २८-२६ र तेस्रोमा २५-२० को जित निकालेको हो । नेपालले फाइनल यात्रा तय गर्दा सयौँ दर्शकले साथ दिएका थिए ।

त्यसक्रममा नेपाली टोलीले मानसिक र शारीरिक रुपमा पनि आफूलाई अब्बल सावित गरेर भारतसँग बुधबार हुने उपाधि भिडन्त पक्का गरे हाे ।

सम्बन्धित समाचार

प्रदेश नं. १ पुनः नामकरण संयुक्त संघर्ष समितिकाे संयाेजकमा डकेन्द्र सिंह थेगिमलाई हस्तान्तरण

दमक, १३ चैत्र । प्रदेशको नाम कोशी खारेजी गरेर पहिचानको आधारमा पुनः नामकरणको आन्दोलनमा रहेका प्रदेश नं. १ पुनः नामकरण संयुक्त सघर्ष समिति धर्म निरपेक्षतासहितको संघीय गणतन्त्रको रक्षा र विकासको पक्षमा उभिने निर्णय गरेको छ...

सुगुप चलचित्र दुबईमा प्रिमियर शाे हुने

दमक, ५ चैत्र । लोकेन साँबाको निर्देशन रहेको लिम्बु कथामा रहेकाे चलचित्र ‘सुगुप’ दुबईमा ‘प्रिमियर शो’ हुने भएको छ । आगमी मार्च ३० मा चलचित्र ‘सुगुप’ दुबई (यूएई) को स्टार सिनेमाज एयल गुरेर मुभी थ्रेटरमा...

पूर्वपञ्चको नेतृत्वमा तेस्रो जनआन्दोलन घोषणा गर्नु हास्यास्पद

ललितपुर, ५ चैत्र । पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा तेस्रो जनआन्दोलन घोषणा गर्नु हास्यास्पद भएको तेस्रो जनआन्दोलन राष्ट्रिय परिषद, नेपालले जनाएको छ । देश संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भईसकेको अवस्थामा पूर्वपञ्चको नेतृत्वमा आन्दोलन घोषणा गर्नु हास्यास्पद...

ताप्लेजुङस्थित मुकुम्लुङ विवाद समाधानका लागि कास्की जिल्ला प्रशासनमार्फत प्रधानमन्त्री केपि ओलीलाई ज्ञापनपत्र

ललितपुर, ५ चैत्र । ताप्लेजुङस्थित मुकुम्लुङ (पाथिभरा) विवाद समाधानका लागि कास्की जिल्ला प्रशासनमार्फत प्रधानमन्त्री केपि ओलीलाई ज्ञापनपत्र बुझाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद, कास्कीका अध्यक्ष विजेन्द्र चौधरीको नेतृत्वमा विभिन्न १५ जातिय प्रतिनिधित्वकाे...