फोनिजको २५औं स्थापना दिवसमा ६ पत्रकार सम्मानित हुँदै

 लिम्बुवान न्युज
                       

दमक, २४ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले ६ जना पत्रकारलाई सम्मानित गर्ने भएको छ । फोनिजको २५औं स्थापना दिवसको अवसर पारी आइतबार पत्रकारलाई सम्मानित गर्ने जनाएको हो ।

फोनिज कार्यवाहक महासचिव समीर बलामीका अनुसार पुरस्कार छनोट समितिको सिफारिस अनुसार फोनिज सचिवालयले पुरस्कृत हुनेको नाम अनुमोदन गरेको छ । सम्मानित हुनेहरुमा फोनिज राष्ट्रिय सम्मान २०८१ बाट पत्रकार विजयरत्न तुलाधर, पुष्पहरि क्याम्पा राई, थारु साप्ताहिक पत्रिका लौव अग्रासन (दाङ) लाई दिने निर्णय गरिएको छ ।

सोहीअनुसार फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ बाट सटेन्द्र जबेगु (इलाम), विष्णु तामाङ (काठमाडौं) र खिमा गुरुङ कास्की रहेका छन् । सम्मानको राशी जनही २५ हजार रुपियाँ र सम्मानपत्र रहेको छ भने पुरस्कारको राशी जनही २० हजार रुपियाँ र सम्मानपत्र रहेको छ ।

आइतबार हुने वार्षिकोत्सव कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मान तथा पुरस्कार वितरण गर्ने कार्यक्रम तय भएको फोनिजका अध्यक्ष गजुरधन राईले बताएका छन् ।

फोनिजले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा ५ जना पत्रकार र एक मतृभाषा पत्रिकालाई सम्मानित तथा पुरस्कृत गर्दैआएको छ । फोनिज स्थापना दिवस मनाउन आवश्यक तयारी धमाधम भइरहेको अध्यक्ष राईले बताए । तत्कालीन अनिज तथा हालको फोनिज २०५६ साल साउन २७ गते स्थापना भएको थियो ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...