फोनिजको २५औं स्थापना दिवसमा ६ पत्रकार सम्मानित हुँदै

 लिम्बुवान न्युज
                       

दमक, २४ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले ६ जना पत्रकारलाई सम्मानित गर्ने भएको छ । फोनिजको २५औं स्थापना दिवसको अवसर पारी आइतबार पत्रकारलाई सम्मानित गर्ने जनाएको हो ।

फोनिज कार्यवाहक महासचिव समीर बलामीका अनुसार पुरस्कार छनोट समितिको सिफारिस अनुसार फोनिज सचिवालयले पुरस्कृत हुनेको नाम अनुमोदन गरेको छ । सम्मानित हुनेहरुमा फोनिज राष्ट्रिय सम्मान २०८१ बाट पत्रकार विजयरत्न तुलाधर, पुष्पहरि क्याम्पा राई, थारु साप्ताहिक पत्रिका लौव अग्रासन (दाङ) लाई दिने निर्णय गरिएको छ ।

सोहीअनुसार फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ बाट सटेन्द्र जबेगु (इलाम), विष्णु तामाङ (काठमाडौं) र खिमा गुरुङ कास्की रहेका छन् । सम्मानको राशी जनही २५ हजार रुपियाँ र सम्मानपत्र रहेको छ भने पुरस्कारको राशी जनही २० हजार रुपियाँ र सम्मानपत्र रहेको छ ।

आइतबार हुने वार्षिकोत्सव कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मान तथा पुरस्कार वितरण गर्ने कार्यक्रम तय भएको फोनिजका अध्यक्ष गजुरधन राईले बताएका छन् ।

फोनिजले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा ५ जना पत्रकार र एक मतृभाषा पत्रिकालाई सम्मानित तथा पुरस्कृत गर्दैआएको छ । फोनिज स्थापना दिवस मनाउन आवश्यक तयारी धमाधम भइरहेको अध्यक्ष राईले बताए । तत्कालीन अनिज तथा हालको फोनिज २०५६ साल साउन २७ गते स्थापना भएको थियो ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;