३०औं विश्व आदिवासी दिवसको अवसरमा प्रदेशमा सार्वजनिक विदा

 लिम्बुवान न्युज
                       

दमक, २५ साउन । विश्व आदिवासी दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । १ नं. प्रदेश सरकारको मन्त्रीपरिषदको बिहिबार बसेको बैठकले सो निर्णय गरेको हो ।३०औं विश्व आदिवासी दिवस प्रदेश भर उत्सवका रुपमा मनाउन प्रदेश भित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा दिइएको हो ।

मुख्यमन्त्रीको कार्यालयले बिहिबार अपरान्ह सो ब्यहोराको सूचना सार्वजनिक गरेको छ । तेह्रथुम, झापा, मोरङ लगायत जिल्लाका कतिपय स्थानीय तह अर्थात स्थानीय सरकारहरुले पनि त्यसअघि सार्वजनिक सूचना निकालेर आ–आफनो स्थानीय तहमा स्थानीय बिदा दिइएको सार्वजनिक गरेका थिए ।

सार्वजनिक बिदा प्रदेश सरकारले दिए पनि आज (शुक्रबार) हुने एसइइको ग्रेड बृद्धि परीक्षा भने नरोकिने जनाइएको छ । एसइई परीक्षाको सञ्चालन राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्दै आएको छ ।

यसैगरी आदिवासी जनजाति महासंघ लगायतअन्य विभिन्न जातीय संघ संगठनले विविध कार्यक्रमहरु गरी आज विश्व आदिवासी  दिवस मनाउँदैछन् ।

त्यस्तै प्रदेशको नाम कोशी नामाकरणमा हस्ताक्षर गर्ने ८२ सभासदस्य र एमालेका ३ नेताहरुलाई भने सबै कार्यक्रममा बहिष्कार गर्न प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समिति, पहिचानवादी संगठनहरू, विभिन्न जातीय संघ संस्थाका प्रमुखहरूले अनुरोध गरेको छन् ।

सम्बन्धित समाचार

फोनिजको ८औं संघीय महाधिवेशन लुम्बिनीमा हुँदै

ललितपुर, २७ चैत्र । नेपाल आदिवासी जनजाति पत्रकारको छाता संगठन फोनिजको ८औं संघीय महाधिवेशन चैत २९ र ३० गते लुम्बिनीस्थित बौद्ध विश्वविद्यालयमा आयोजना हुने भएको छ । महाधिवेशन गौतम बुद्धको जन्मस्थल लुम्बिनीको धार्मिक, सांस्कृतिक तथा...

पान्थरका असल तुम्राेक विजेता बन्दै नगद ५ लाख राशी जित्न सफल

दमक, चैत्र २५ । झापाकाे दमकमा सम्पन्न भएकाे  याक्थुङ फक्ताङलुङ आइडल सेक्फूङ–३ को विजेता पान्थरका प्रतिभा असल तुम्रोक  बनेका छन् । उनले नगद पाँच लाख राशी पुरस्कार हात पारेका छन् । याक्थुङ साम्लो प्रतिभाहरुको खोजी...

चुलाचुलीमा अन्तरपालिका अध्यक्षकप फूटबल हुने

दमक, २५ चैत्र । इलामको चुलाचुली गाउँपालिकाले अन्तरपालिकास्तरीय अध्यक्षकप पुरुष नकआउट फूटबल प्रतियोगिता सञ्चालन गर्नेभएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारालाई जीवन्त पार्दै युवा तथा खेलकुद समन्वय समितिले नयाँ बर्षको अवसरमा...

चैत्र २५ देखिको अनिश्चितकालिन यातायात बन्दको कार्यक्रम स्थगन

ललितपुर, २३ चैत्र । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले चैत २५ गते देखि गर्ने भनिएको अनिश्चितकालीन यातायात बन्द स्थगन भएको जनाएको छ । प्रदेश १ को एशियन हाईवेबाट उत्तरी खण्ड, मेचि...