दमकमा ३०औं विश्व आदिवासी दिवस झाँकी प्रदर्शन सहित सम्पन्न

,   लिम्बुवान न्युज
                       


दमक, २५ साउन । ३०औं विश्व आदिवासी दिवसका अवसरमा शुक्रबार झापाको दमकमा झाँकी प्रदर्शनसहितको कार्यक्रम सम्पन्न भएको छ । दमकस्थित कस्मिक पार्टी प्यालेसमा नगरप्रमुख राम थापाको प्रमुख आतिथ्यतामा विविध जातीय झाँकी सहित कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल आदिवासी जनजाति महासंघ नगर अध्यक्ष अमरबहादुर कुमालको अध्यक्षता सम्पन्न कार्यक्रममा प्रमुख अतिथि दमक नगर प्रमुख थापाले आदिवासी जनजातिको भाषा, सँस्कृति संरक्षणको आवश्यकतामा जोड दिनुभयो ।

सो अवसरमा नेपाल रेडक्रम सोसाइटी दमक उपशाखाको प्राविधिक सहकार्यमा रक्तदान कार्यक्रम समेत सम्पन्न सञ्चालन भएको छ । कार्यक्रमका किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ् लगायत १२ भन्ला धेरै जातीय संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

(तस्वीरः उज्यालाे खबरबाट)

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;