कमलमा याक्थुङ भाषाको सातदिने प्रशिक्षण कार्यक्रम

 लिम्बुवान न्युज
                       

दमक, २७ साउन । लिम्बू/याक्थुङ् भाषाको सातदिने अनौपचारिक प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
किरात के चुम्लुङ नामक संस्थाको आयोजनामा सञ्चालित सातदिने कार्यक्रम एक कार्यक्रमकाबिच शनिवार समापन गरिएको हो ।
यो संस्था कमल गाउँ पालिका वडा नं. ४ स्थित किरात चौकमा रहेको छ । साउन २० गतेदेखि औपचारिक रूपमा सञ्चालन गरिएको लिम्बू/याक्थुङ भाषा तथा किरात सिरिजङगा लिपि प्रशिक्षण कार्यक्रममा कियाचु झापा अध्यक्ष तथा भाषिक अभियन्ता सेसेहाङ फियाकले सहजिकरण गरेका थिए भने १८ जना स्थानिय भाषा प्रेमिहरू प्रशिक्षणमा सहभागी भएका थिए ।
नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद कमलका अध्यक्ष वदि साम्पाङ राईको प्रमुख आतिथ्यमा सम्पन्न समापन कार्यक्रममा किरात याक्थुङ चुम्लुङ झापाका सल्लाहकार सूर्य यक्पान्देन, प्रशिक्षक फियाक, कियाचु झापाका पूर्व सदस्य तथा संरक्षक नरेन हाङ लिम्बूले शुभकामन मन्तव्य राखेका थिए ।
त्यस्तै कियाचु कमल गाउँ शाखा अध्यक्ष दिवस लिम्बू, किरात राई यायोख्खा कमल शाखाकी उपाध्यक्ष शेलिना राई, कियाचु कमल शाखा सल्लाहकार विरेन्द्र याक्थुङबा, कियाचुका आजिवन सदस्य बसन्तराज याेङहाङ, कियाचु कमल-३ का अध्यक्ष हिमाल लेछर्वो लगायत प्रशिक्षार्थीहरू सुनिता लकसम, सुमन केरूङ, रिस्ना लावती, विष्णु बेघा लगायतले भाषाको महत्वको बारेमा आफ्नो मन्तव्य राखेका थिए ।
किरात के चुम्लुङ कमल-४ झापाका अध्यक्ष लक्ष्मी प्रसाद बेघाको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा चुम्लुङकी उपाध्यक्ष जमुना केरूङले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव राधिका केरूङ नेम्बाङले कार्यक्रम संचालन गरेकी थिइन् ।

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...