सङबाङफे वंशावली प्रथम संस्करण विमोचन

 लिम्बुवान न्युज
                       

दमक, २७ साउन / सङबाङफे समाज नेपालले एक कार्यक्रम बिच आफ्नो वंशको वंशावली प्रथम संस्करण प्रकाशन गरि विमोचन सम्पन्न गरेको छ । शनिबार लिम्बुवानको धरान बिजयपुर स्थित किरात याक्थुङ चुम्लुङ्को सभाहलमा सङबाङफे बन्धुहरुको व्यापक भेला गरि प्रदेश नं. १ का प्रदेश प्रमुख पर्शुराम खापुङको हस्तवाहुली बाट वंशावलीको विमोचन गरेको हो ।

सङबाङफेहरुको इतिहास, उद्गम भुमि, संस्कार संस्कृति, रीतिरिवाज, माङगेन्ना यक, माङगेन्ना मुन्धुम, वंशबृक्ष लगायत समेटेर तयार गरिएको पुस्तक जम्मा ४८५ पृष्ठ लामो रहेको छ । पोक्लाबाङ यकलाई आफ्नो माङगेन्ना यक मान्ने सङबाङफेहरु नाम्बोनाम्हाङदिङ, सिदिइङ हुदै तेनहाङका सन्तान सातरेनुहाङ अन्तर्गत पर्दछन ।

सङबाङफेहरुको उद्गम भुमी फेदाप भए पनि हाल बसाइँसराइको कारण तेह्रथुमको फेदापका विभिन्न स्थानहरु कप्याक, आङबुङ, ओयाक्जुङ, तउमा, सिम्ले, लायङबा संगै अन्य जिल्लाहरु धनकुटा, सुनसरी, मोरङ, झापा, इलाम, पान्थर, काठमाडौ लगायत देश बिदेशमा उल्लेख्य मात्रामा सङबाङफेहरुको बसोबास रहेको छ । विमोचन कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथि खापुङले सम्पुर्ण जातजाति र समुदाय आफ्नो पहिचान स्थापित गर्न सक्रिय हुनुपर्ने कुरामा जोडदिनुभयो ।

आफ्नो भाषा, लिपी, संस्कार संस्कृतिको जगेर्ना गर्न स्वयं सम्बन्धित समुदाय जागरुक हुनुपर्छ भन्दै सङबाङफेहरु जस्तै अरुलाई सक्रिय हुन अनुरोध गर्नुभयो । कार्यक्रमको विशिष्ट अतिथी प्रदेश १ का प्रहरी प्रमुख डिआइजी चन्द्रकुवेर खापुङले सङबाङफेहरुको प्रकाशित वंशावलीले इतिहासमा एउटा इटा थपेको बताउनुभयो ।

कार्यक्रममा पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थामरुङ फेदाप संस्थाका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङ, लुम्फुङवा वंशावली सम्पादक नरप्रसाद लुम्फुङवा, मुसाहाङ वंशावली सम्पादक डिल्लीस्वर मुसाहाङ, हाङस्रोङ वंशावली खोज अनुसन्धान संयोजक प्रवेग हाङस्रोङ, तिल्लिङ वंशावली सम्पादक हितराम तिल्लिङ किरात याक्थुङ चुम्लुङ धरान अध्यक्ष तिर्थ मादेम्बा र बिजय सङबाङफे लगायतले वंशावली उपर टिप्पणी तथा शुभकामना मन्तव्य राखेका थिए ।

करिब तिनसय जनाको उपस्थिति रहेको कार्यक्रम सङबाङफे समाज नेपालका अध्यक्ष टेक बहादुर सम्बाहाङफेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...