धरानका मेयर खानेपानी महसुल बृद्धिको निर्णयबाट पछि हटे

 लिम्बुवान न्युज
                       

दमक, २८ साउन । धरान खानेपानी व्यवस्थपन समितिले गरेको खानेपानी महसुल वृद्धिको निर्णयबाट धरान उपमहानगरपालिका पछि हटेको छ ।

आइतबार राति अबेरसम्म चलेको १० दलका प्रतिनिधि र नगरप्रमुख हर्क साम्पाङ त्यसैगरी उपप्रमुख, वडाध्यक्षहरुको उपस्थितिबीच भएको वार्तामा महसुल वृद्धिको निर्णय फिर्ता लिने लगायतका तीन बुँदे सहमति भएको हो ।

वार्तामा खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई फिर्ता लिने, सात दिन भित्र खानेपानी बोर्डको हिसाब सार्वजनिक गर्ने र बोर्डको पूर्णताबारे उच्च अदालतको फैसला मान्ने सहमति भएको वार्तामा सहभागी प्रतिनिधि अमर इमजले जानकारी दिए ।

यो सहमतिसँगै तीन सातादेखि आन्दोलनमा उत्रिएका दल र स्थानीय उपभोक्ताले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।
आइतबार दिउँसो साढे २ बजेदेखि सुरु भएको वार्ता राति अबरेसम्म चलेको थियो । उपमहानगरपालिका कार्यालयभित्र वार्ता भइरहेका बेला बाहिर आन्दोलनरत उपभोक्ता र दलका प्रतिनिधिहरुले विभिन्न नारा लगाउँदै धर्ना दिएका थिए ।

वार्ताको सहमतिपत्रमा नगरका प्रमुख हर्कराज राई, उपप्रमुख आईन्द्रविक्रम वेघा, १८ नं. वडाध्यक्ष नरेन्द्र कुमार राई, १७ि नं. वडाध्यक्ष सुर्य बहादुर भट्टराई, नेपाली कांग्रेस नगर सभापति श्याम पोख्रेल, एमालेका हर्कजंग एभेङ, नेकपा माओवादीका चोत्लुङ्, जसपा नेपालका सुमन चेम्जोङ, नेकपा एसका रेवती रमण राई, रास्वपाका ठाकुर बहादुर कार्की, राप्रपाका विनोद कोइराला, नाउपाका अमर इजम,, लिम्बुवानका मोहन लिम्ब, राष्ट्रिय साझा पार्टीका भूपि कोयू, डिएसपि मान बहादुर राई, डिएसपी शसस्त्र हेम मौडेल, नेपाल पत्रकार महासंघ सुनसरी जिल्ला सभापति जनक ऋषि राई र खानेपानी व्यवस्थापन समितिका निर्देशक राजु पोख्रेलले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...