धरानका मेयर खानेपानी महसुल बृद्धिको निर्णयबाट पछि हटे

,   लिम्बुवान न्युज
                       

दमक, २८ साउन । धरान खानेपानी व्यवस्थपन समितिले गरेको खानेपानी महसुल वृद्धिको निर्णयबाट धरान उपमहानगरपालिका पछि हटेको छ ।

आइतबार राति अबेरसम्म चलेको १० दलका प्रतिनिधि र नगरप्रमुख हर्क साम्पाङ त्यसैगरी उपप्रमुख, वडाध्यक्षहरुको उपस्थितिबीच भएको वार्तामा महसुल वृद्धिको निर्णय फिर्ता लिने लगायतका तीन बुँदे सहमति भएको हो ।

वार्तामा खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई फिर्ता लिने, सात दिन भित्र खानेपानी बोर्डको हिसाब सार्वजनिक गर्ने र बोर्डको पूर्णताबारे उच्च अदालतको फैसला मान्ने सहमति भएको वार्तामा सहभागी प्रतिनिधि अमर इमजले जानकारी दिए ।

यो सहमतिसँगै तीन सातादेखि आन्दोलनमा उत्रिएका दल र स्थानीय उपभोक्ताले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।
आइतबार दिउँसो साढे २ बजेदेखि सुरु भएको वार्ता राति अबरेसम्म चलेको थियो । उपमहानगरपालिका कार्यालयभित्र वार्ता भइरहेका बेला बाहिर आन्दोलनरत उपभोक्ता र दलका प्रतिनिधिहरुले विभिन्न नारा लगाउँदै धर्ना दिएका थिए ।

वार्ताको सहमतिपत्रमा नगरका प्रमुख हर्कराज राई, उपप्रमुख आईन्द्रविक्रम वेघा, १८ नं. वडाध्यक्ष नरेन्द्र कुमार राई, १७ि नं. वडाध्यक्ष सुर्य बहादुर भट्टराई, नेपाली कांग्रेस नगर सभापति श्याम पोख्रेल, एमालेका हर्कजंग एभेङ, नेकपा माओवादीका चोत्लुङ्, जसपा नेपालका सुमन चेम्जोङ, नेकपा एसका रेवती रमण राई, रास्वपाका ठाकुर बहादुर कार्की, राप्रपाका विनोद कोइराला, नाउपाका अमर इजम,, लिम्बुवानका मोहन लिम्ब, राष्ट्रिय साझा पार्टीका भूपि कोयू, डिएसपि मान बहादुर राई, डिएसपी शसस्त्र हेम मौडेल, नेपाल पत्रकार महासंघ सुनसरी जिल्ला सभापति जनक ऋषि राई र खानेपानी व्यवस्थापन समितिका निर्देशक राजु पोख्रेलले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;