पान्थरमा दिलेन्द्र कुरुम्बाङकाे संयोजकत्वमा पहिचानवादी मोर्चा गठनः सांयोजक लावतीले गरे कार्यालयको उद्घाटन

,   लिम्बुवान न्युज
                       

फेदेन, २८ साउन । पहिचानवादी मोर्चा जिल्ला समिति पान्थर गठन भएको छ । भाषाशास्त्री एवम् साहित्यकार दिलेन्द्र कुरुम्बाङ्को संयोजकत्वमा ५७ सदस्यीय पान्थर जिल्ला समिति गठन भएको हो ।

जिल्ला कार्यालय पान्थरको बोर्ड उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि संघीय संयोजक प्रा.डा. महेन्द्र लावतीले ५७ सदस्यीय जिल्ला समिति घोषणा गरेका हुन् ।

संयोजक कुरुम्बाङ् सहित सदस्य सचिवमा सुन्दर लावती काङसोरे, प्रशिक्षण विभागमा सिरी सेलिङ, संगठन विभागमा रोशन लावती, आर्थिक विभागमा रुजा राई, युवा विभागमा सुरेन्द्र लावती, महिला विभागमा अमृता माङ्मु र विद्यार्थी विभागमा नविना राई चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा मणिकुमार कुरुम्बाङ, सेसेहाङ लावती, नरेन्द्र आङदेम्बे, बसन्त लावती, मेहेरमान लावती, रनधोज कुरुम्बाङ, दुर्गा आङदेम्बे, यादव कुरुम्बाङ, रत्न राई, राम नुगो, गगन थोक्लिहाङ, लराङ लावती, मित्रकुमारी बर्देवा, जय तुम्रोक, केवि चेम्जोङ, सोझे राई, बलिराज चेम्जोङ, सीता तामाङ, ज्ञान बहादुर आङदेम्बे, रविन आङदेम्बे, चन्द्र नेम्बाङ, रमेश आङदेम्बे, नविना राई, गंगा पापो लावती, टेक बहादुर लावती, मिलन आङदेम्बे, मौरम कुरुम्बाङ, थर्कमान लावती, सन्तोष राई, प्रकास तुम्रोक,,सुर्यदिप सङबाङफे, विर्ख सङबाङफे, पदमदुखी सङबाङफे, सुमन माङमु, हरि आङदेम्बे र नरेन्द्र आङदेम्बे रहेका छन् ।

कार्यक्रममा संघीय सदस्यहरु प्रेमराज लावती, विराज आङदेम्बे, भावना इङ्वा, गंगा राई सेर्मा, सुस्मा राई र हेमराज माङमु लगायत नेताहरुले नव निर्वाीचत समितिलाई वधाई तथा शुभकामना दिएका थिए ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

प्रथम दमक भेट्रान च्यालेन्ज कप: मिक्लाजुङमाथि चन्द्रगढीको ५-० को फराकिलो जित, क्वाटरफाइनलमा प्रवेश

दमक, असोज १६ — झापाको दमकमा जारी 'कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३' अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा चन्द्रगढी भेट्रान क्लब, झापाले एकतर्फी प्रदर्शन गर्दै विजयी यात्रा सुरु गरेको छ। दमक २ स्थित...

दशैं, तिहारको अवसरमा दमकमा विशेष सांगीतिक अभियान: ‘नसा मुक्त समाज, हाम्रो अभियान’ सञ्चालन हुने

दमक, १६ असाेज । बढ्दो लागू औषध दुव्र्यसनको समस्यालाई न्यूनीकरण गर्दै समाजमा सकारात्मक चेतना फैलाउने उद्देश्यका साथ झापाको दमकमा ‘लागू औषध दुव्र्यसन विरुद्धको सचेतना अभियान–२०८३’ आयोजना गरिने भएको छ। हिन्दु धर्मावलम्बीहरूको महान् पर्व दशैं, दीपावली...

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

;