सुकेटार विमानस्थल संचालनमा आउने

,   लिम्बुवान न्युज
                       

दमक, २८ साउन । ताप्लेजुङको सुकेटारस्थित विमानस्थलबाट बुधबारदेखि हवाई सेवा सञ्चालन हुने भएको छ । ताप्लेजुङको सुकेटार विमानस्थलमा गत जेठ ११ गतेदेखि उडान बन्द भएको थियो ।

मौसम राम्रो भएमा बुधबारदेखि उडान सुरु गरिने नेपाल वायुसेवा निगमले जनाएको छ । जेठ ११ गते अन्तिम उडान गरेको निगमले त्यसपछि सातामा एक दिन तालिका राखे पनि उडान भने गरेको छैन । यसअघि सोमबार, बुधबार र शनिबार गरी साताको तीन उडान गर्दै आएको थियो ।

मौसममा सुधार आएसँगै उडान गर्न सकिने तालिका राखिएको निगमले बताएको छ । पर्यटकीय जिल्ला भए पनि हवाई यातायात भरपर्दो नहुँदा पर्यटकीय गतिविधिमा शिथिलता आएको ताप्लेजुङ्का पर्यटक व्यवसायीहरू बताउँछन् ।

सुकेटर विमानस्थलमा छिनछिनमा मौसम परिवर्तन भइरहेको कारण जेठ, असार, साउन र भदौ महिनामा हवाई सेवा ठप्प हुने गरेको छ । गत वर्ष पनि असारदेखि स्थगित भएको उडान भदौदेखि सुरु गरेको थियो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;