निर्वाचन आयोगद्वारा मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

 लिम्बुवान न्युज
                       

झापा, ३० साउन । रिक्त स्थानीय तहमा पद पुर्ति गरिने व्यवस्था रहेको हुँदा निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आव्हान गरेको छ । मंगलबार आयोगले यस बर्ष नै रिक्त ३४ स्थानीय तहमा निर्वाचन गर्ने तयारी शुरु गरेको विज्ञप्ति जारी गर्दै जनाएको छ ।

आयोगले नगरपालिकाका प्रमुख र उपप्रमुख यसरी नै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष त्यसैगरी वडाध्यक्ष गरी जम्मा ३४ स्थानीय तहका पदहरु रिक्त रहेको जानाकारी प्राप्त भएको जनाएको छ । यसरी रिक्त रहेको पद एक बर्षभन्दा बढी बाँकी रहेको अवस्था रिक्त रहेको पदमा निर्वाचन हुने भएको हुँदा आयोगले सरकारसँग परामर्श शुरु गरेको हो ।

निर्वाचनको लागि मतदाता नामावली आधारभूत तत्व रहेको हुँदा मतदाता नामावली ऐन २०७१ को दफा ४(२) बमोजिम तोकिएको मितिदेखि उक्त रिक्त स्थानमा मतदाता नामावलीमा नाम दर्ता गर्ने, अद्यावधिक गरी मतदाधिकार सुनिश्चित गर्न आयोगले अनुरोध गरेको छ ।

आयोगले आफूलाई पायक पर्ने प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा अनलाइन फाराम भरी नियमित रूपमा मतदाता नामावली दर्ताको व्यवस्था मिलाएको हुँदा योग्यता पुगेका सबै नेपाली नागरिकहरूको मतदाता नामावलीमा नाम दर्ता गर्न अनुरोध गरेको छ । आयोगले विविध कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका स्थानीय तहका नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले आव्हान गरेको हो ।

सात प्रदेशको रिक्त रहेको ३४ वटा स्थानीय तहहरुः

प्रदेश नं. १ को सात वटा स्थानीय तह रिक्त रहेको छ । झापाको कन्काई नपा ६ को वडाध्यक्ष, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, तेह्रथुमको लालीगुराँस नपा वडा नं. ८ को वडाध्यक्ष, सुनसरी गढी गाउँपालिका वडा नं. ६ को वडाध्यक्ष, ओखलढुंगा मोलुङ गाउँपालिकाको वडा नं. ५ वडाध्यक्ष, उदयपुरको त्रियुगा नपाको वडा नं. १२ को वडाध्यक्ष र बेलका नपा वडा नंं ८ को वडाध्यक्ष पद रिक्त रहेको छ ।

मधेश प्रदेशमा चार वडा वडाका अध्यक्षहरुको पद रिक्त रहेको छ । सप्तरी जिल्लाको डाक्नेध्वरी नपा वडा नं. ४ को वडाध्यक्ष, रौतहट जिल्लाको इशनाथ नपाको वडा नं. ७ को वडाध्यक्ष, राजपुर नपा ६ को वडाध्यक्ष र गढीमाई नपा ८ को वडाध्यक्ष रिक्त रहेको छ ।

बागमती प्रदेशमा सात वटा स्थानीय तह रिक्त रहेको छ । दोलखा जिल्लाको गौरीशंक गाउँपालिका उपाध्यक्ष, काठमाडौं जिल्लाको कीर्तिपुर नपाको प्रमुख, कीर्तिपुर नपा वडा नंं १ को अध्यक्ष, कीर्तिपुर नपाको ४ नं. वडाध्यक्ष, काठमाडौं महानगर वडा नंं १६को अध्यक्ष, नुवाकोटको ककनी गाउँपालिका वडा नं. २ अध्यक्ष र मकवानपुरको हेटौडा उपमहानगरको वडा नं. १२ को अध्यक्ष पद रिक्त रहेको छ ।

गण्डकी प्रदेशको गोर्खा जिल्लाको गोरखा नगरपालिका वडा नंं ५ को वडाध्यक्ष पद रिक्त रहेको छ ।

त्यस्तै लुम्बिनी प्रदेशको गुल्मी जिल्लाको मुसिकोट नपाको वडा नं. १ अध्यक्ष, रोल्पा जिल्लाको रुन्टिगढी गाउँपालिका वडा नं. ४ अध्यक्ष र बर्दिया जिल्लाको ठाकुरबाबा नपाको वडा नं. ४ को अध्यक्ष पद रिक्त रहेको छ ।

कर्णाली प्रदेशको सात स्थानीय तहको पदहरु रिक्त रहेका छन् । दैलेख जिल्लाको महाबु गाउँपालिका अध्यक्ष, दुल्लु नपाको वडा नं. १३ अध्यक्ष र कालिकोट जिल्लाको तिलागुफा नपा वडा नंं ४ को वडाध्यक्ष, जाजरकोटको नलगाड नपाको उपप्रमुख, कुशे गाउँपालिकाको वडा नंं ७ को वडाध्यक्ष, डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नपाको वडा नं. ५ अध्यक्ष र रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं. ५ को वडाध्यक्ष पद रिक्त रहेको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशको पाँच वटा स्थानीय तहको पदहरु रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ । बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष, बझाङ जिल्लाको सुर्मा गाउँपालिकाको वडा नं. ४ को अध्यक्ष, डोटी जिल्लाको पुर्वीचौकी गाउँपालिकाको वडा नं. ६ को वडाध्यक्ष, दार्चुला जिल्लाको दुहुँ गाउँपालिका वडा नं. ५ को अध्यक्ष र कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिकाको वडा नंं ६ को अध्यक्ष पद रिक्त रहेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...