याक्थुङ मुन्चइत चोक सयङ नेपाल र सिक्किमबिच सम्बन्धन लिनेदिने सहमति

,   लिम्बुवान न्युज
                       

ललितपुर, ३२ साउन । नेपाल र भारतका दुई चलचित्रकर्मी संस्थाहरुवीच सम्बन्ध लिनेदिने कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङ्हिममा याक्थुङ मुन्चइत चोक सयङको १५औँ स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रममा चोक सयङ नेपाल र याक्थुङ मुन्चइत चोक सयङ भारत सिक्किमबिच एकापसमा सम्बन्धन लिनेदिने सहमति भएको हो ।

चार बुँदे सम्बन्धनपत्रलाई आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिती चलचित्र विकास बोर्डका संयोजक ज्योतिराज राइले साँक्षीकाे  रुपमा वाचन गरेर सुनाएका थिए । सम्बन्धपत्रमा नेपालको तर्फबाट अध्यक्ष सागर केरुङ, महासचिव रुपा आङ्बुहाङ र भारत सिक्किमको तर्फबाट अध्यक्ष मोनिकुमार सुब्बाले हस्ताक्षर गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि मुन्धुमविद येहाङ लावती, किरात याक्थुङ चुम्लुङ संघीय अध्यक्ष प्रेम येक्तेन, बोर्डका संयोजक ज्योतिराज राई, किरात राई चलचित्रकर्मि संघका महासचिव किरण राई, पुर्व जर्णेल होमित लावती, चुम्लुङ्का पुर्व केन्द्रीय अध्यक्ष तथा प्रोफेसर अर्जुन नुगो, चलचित्र निर्मात्री कल्पना योङ्हाङ, संस्कृतिविद गोविन्द आङ्बुङ लगायत सिक्किम र नेपालवीच भएको सम्बन्धनपत्रको प्रसंसा गरेका थिए ।

चलचित्रसंग सम्बद्ध साझा उदेश्यहरुमा सहकार्य गरेर अघि बड्ने चाेक सयङका महासचिव रुपा आङ्बुहाङ्ले बताईन् ।

हेर्नुहाेस् सम्झाैता पत्रः

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;