जसपा नेपालद्वारा कोशी नामकरणविरुद्ध ९ सदस्यीय आन्दोलन परिचालन समिति गठन

,   लिम्बुवान न्युज
                       

ललितपुर, ३२ साउन । जनता समाजवादी पार्टी (जसपा), नेपालले कोशी नामकरणको विरोधमा आन्दोलन परिचालन समिति गठन गरेको छ ।

पार्टीको केन्द्रीय समितिको बैठकबाट कोशी प्रदेश नामकरणको विरुद्ध आन्दोलन बढाउन पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङको संयोजकत्वमा ९ सदस्यीय आन्दोलन परिचालन तथा समन्वय समिति गठन गरिएको हो ।

समितिको सदस्यहरुमा पार्टीका केन्द्रीय सदस्यहरु राजकुमार राई, जयराम यादव, डा. के के राई, लाक्पा शेर्पा, मच्छिन्द्र बेघा, शशी लिङदेन, कुन्ता राई र पार्टीका कोसी प्रदेश समिति अध्यक्ष दीपक याक्खा रहेकाे जनाएकाे छ ।

प्रदेश १ काे नाम काेशी नामाङकन भएपश्चात पहिचानवादीहरूले प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समिति गठन गरेर प्रदेश १ मा निरन्तर आन्दोलन गरिरहेका छन् भने जसपा, नेपाल संघर्ष समितिकाे १ घटक पनि रहेकाे छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;