पहिचान आन्दोलनमा शसक्त ढंगले लाग्ने महासंघ १ नं. प्रदेशकाे निर्णय

 लिम्बुवान न्युज
                       

माेरङ, २ साउन । नेपाल आदिबासी जनजाति महासंघ १ नं. प्रदेश समितिले पहिचानको आन्दोलनमा शसक्त ढंगले लाग्ने निर्णय भएको छ । महासंघको बैठक शनिबार (भदौ १)ं बेलबारी स्थित आदिबासी भवनमा भएको थियो ।

महासंघ प्रदेश समितिको अध्यक्ष धुर्ब सुब्बाको सभापतित्वमा भएको बैठकले प्रदेश नं. १ मा चलिरहेको कोशी नाम खारेज गरेर पहिचानको आधारमा पुन नामकरणको लागि चलिरहेको आन्दोलनमा शसक्त ढंंगले लाग्ने निर्णय भएको महासचिव तिलकप्रसाद राईले बताए ।

बैठकले प्रदेश महासंघको पहिलो अधिवेशन कार्तिक १ गते बेलबारीमा गर्ने, यस अघि महासंघ र जातीय संस्थाहरुको जिल्ला अधिवेशनहरु गराउने निर्णय भएको महासचिव लितकप्रसाद राईले बताए ।

बैठकमा महासंघको १५ सदस्यीय प्रदेश समिति, २५ वटा जातीय संस्थाका अध्यक्ष र सचिवहरु उपस्थित रहेका थिए । कोशी नाम खारेजी गरेर पहिचानको आधारमा पुन नामकरणको आन्दोलन गर्दै आएको संयुक्त संंघर्ष समितिले मंसिर २ गते विराटनगरमा वृहत प्रदर्शनपछि नयाँ चरणको आन्दोलन थाल्ने निर्णय गरेको छ ।

सोही निर्णय अनुसार जिल्लाहरुमा तयारी भइरहको छ । यसै क्रममा नेपाल आदिबासी जनजाति महासंघ प्रदेश समितिले आन्दोलनमा शसक्त ढंगले लाग्ने निर्णय भएको हो । बेलबारीमा नेपाल आदिबासी जनजाति महासघ नगर समितिको आयोजनामा साउन ३२ गते विश्व आदिबासी दिवसको आयोजना गरेको थियो ।

कार्यक्रममा महासघका पूर्ब केन्द्रीय महासचिव पर्शुराम तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा महासंघके प्रदेश समितिका महासचिव तिलकप्रसाद राई लगायतको उपस्थिति रहेका थिए ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...