पहिचान आन्दोलनमा शसक्त ढंगले लाग्ने महासंघ १ नं. प्रदेशकाे निर्णय

 लिम्बुवान न्युज
                       

माेरङ, २ साउन । नेपाल आदिबासी जनजाति महासंघ १ नं. प्रदेश समितिले पहिचानको आन्दोलनमा शसक्त ढंगले लाग्ने निर्णय भएको छ । महासंघको बैठक शनिबार (भदौ १)ं बेलबारी स्थित आदिबासी भवनमा भएको थियो ।

महासंघ प्रदेश समितिको अध्यक्ष धुर्ब सुब्बाको सभापतित्वमा भएको बैठकले प्रदेश नं. १ मा चलिरहेको कोशी नाम खारेज गरेर पहिचानको आधारमा पुन नामकरणको लागि चलिरहेको आन्दोलनमा शसक्त ढंंगले लाग्ने निर्णय भएको महासचिव तिलकप्रसाद राईले बताए ।

बैठकले प्रदेश महासंघको पहिलो अधिवेशन कार्तिक १ गते बेलबारीमा गर्ने, यस अघि महासंघ र जातीय संस्थाहरुको जिल्ला अधिवेशनहरु गराउने निर्णय भएको महासचिव लितकप्रसाद राईले बताए ।

बैठकमा महासंघको १५ सदस्यीय प्रदेश समिति, २५ वटा जातीय संस्थाका अध्यक्ष र सचिवहरु उपस्थित रहेका थिए । कोशी नाम खारेजी गरेर पहिचानको आधारमा पुन नामकरणको आन्दोलन गर्दै आएको संयुक्त संंघर्ष समितिले मंसिर २ गते विराटनगरमा वृहत प्रदर्शनपछि नयाँ चरणको आन्दोलन थाल्ने निर्णय गरेको छ ।

सोही निर्णय अनुसार जिल्लाहरुमा तयारी भइरहको छ । यसै क्रममा नेपाल आदिबासी जनजाति महासंघ प्रदेश समितिले आन्दोलनमा शसक्त ढंगले लाग्ने निर्णय भएको हो । बेलबारीमा नेपाल आदिबासी जनजाति महासघ नगर समितिको आयोजनामा साउन ३२ गते विश्व आदिबासी दिवसको आयोजना गरेको थियो ।

कार्यक्रममा महासघका पूर्ब केन्द्रीय महासचिव पर्शुराम तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा महासंघके प्रदेश समितिका महासचिव तिलकप्रसाद राई लगायतको उपस्थिति रहेका थिए ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;