पहिचानवादी मोर्चाद्वारा राजनीति तथा संगठनात्मक अवधारणापत्र–२०८१ सार्वजनिक

 लिम्बुवान न्युज
                       

ललितपुर, ३ साउन । पहिचानवादी मोर्चाले राजनीतिक तथा सांगठानात्मक अवधारणपत्र २०८१ अध्ययनको लागि सार्वजनिक गरेको छ । ९८ पृष्ठको अवधारणपत्र गत साउन १८ गते ललितपुरमा बसेको मोर्चाको पहिलो संघीय बैठकले पारित गरी आइतबार सार्वजनिक गरिएको मोर्चाका संयोजक प्रा.डा. महेन्द्र लावतीले बताएका हुन् ।

मोर्चाका संयोजक डा. लावतीले पहिचानवादीहरुको एकीकृत राष्ट्रिय राजनीति शक्ति निर्माणमा मद्दत पुग्ने गरी बहस र छलफलको लागि यो अवधारणपत्र सार्वजनिक गरिएको जनाएका छन् । साना साना संगठनमा रहेका पहिचानवादीहरुलाई एउटै मोर्चा वा एकतामा ल्याउन मोर्चाले महत्वपूर्ण कदम चाल्ने पनि उनले बताउनु भयो ।

बहुसांस्कृतिक समाजवादी लोकतन्त्र जिन्दावाद मुख्य नारा दिईएको यो राजनैतिक तथा सांगठानिक अवधारणपत्रलाई अध्ययन गरि देश विदेशमा रहनुभएका शुभेच्छुकहरुलाई सल्लाह सुझाव दिन समेत संयोजक डा. लावतीले आव्हान गरेका छन् ।

मोर्चाका सदस्य सचिव पूर्व मन्त्री गोपाल किरातीले मोर्चा भावी बन्ने नयाँ राजनैतिक शक्ति निर्माणको विचारधारा बहुसांस्कृतिक सहभागितामूलक समाजवादी लोकतन्त्र रहने बताएका छन् । मोर्चाले स्वायत्तता र स्वशासनको लागि १०+१ मा आधारित अधिकार सम्पन्न प्रदेशहरुको स्थापना गरे मात्र संघीयताले पूर्णता पाउने किरातीले बताएका छन् ।

पहिचानवादी मोर्चाको राजनीतिक तथा सांगठानात्मक अवधारणापत्र २०८१ अध्ययन गर्न सहजताको लागि लिङ अपलोड गर्न अपिल गरेको छ । त्यसैगरी इमेल idfrontnp@gmail.com अथवा इनबक्स मार्फत सल्लाह सुझावको लागि समेत अनुरोध गरेको छ ।

लिङ्क तल दिइएकाे छः-

https://drive.google.com/…/1Ts5coEQhXMKH2ku3oNA…/view…

Front for Identity- Political & Organizational Concept Paper 2081 Saun By Pahichanvadi Morcha !

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...