पहिचानवादी मोर्चाद्वारा राजनीति तथा संगठनात्मक अवधारणापत्र–२०८१ सार्वजनिक

,   लिम्बुवान न्युज
                       

ललितपुर, ३ साउन । पहिचानवादी मोर्चाले राजनीतिक तथा सांगठानात्मक अवधारणपत्र २०८१ अध्ययनको लागि सार्वजनिक गरेको छ । ९८ पृष्ठको अवधारणपत्र गत साउन १८ गते ललितपुरमा बसेको मोर्चाको पहिलो संघीय बैठकले पारित गरी आइतबार सार्वजनिक गरिएको मोर्चाका संयोजक प्रा.डा. महेन्द्र लावतीले बताएका हुन् ।

मोर्चाका संयोजक डा. लावतीले पहिचानवादीहरुको एकीकृत राष्ट्रिय राजनीति शक्ति निर्माणमा मद्दत पुग्ने गरी बहस र छलफलको लागि यो अवधारणपत्र सार्वजनिक गरिएको जनाएका छन् । साना साना संगठनमा रहेका पहिचानवादीहरुलाई एउटै मोर्चा वा एकतामा ल्याउन मोर्चाले महत्वपूर्ण कदम चाल्ने पनि उनले बताउनु भयो ।

बहुसांस्कृतिक समाजवादी लोकतन्त्र जिन्दावाद मुख्य नारा दिईएको यो राजनैतिक तथा सांगठानिक अवधारणपत्रलाई अध्ययन गरि देश विदेशमा रहनुभएका शुभेच्छुकहरुलाई सल्लाह सुझाव दिन समेत संयोजक डा. लावतीले आव्हान गरेका छन् ।

मोर्चाका सदस्य सचिव पूर्व मन्त्री गोपाल किरातीले मोर्चा भावी बन्ने नयाँ राजनैतिक शक्ति निर्माणको विचारधारा बहुसांस्कृतिक सहभागितामूलक समाजवादी लोकतन्त्र रहने बताएका छन् । मोर्चाले स्वायत्तता र स्वशासनको लागि १०+१ मा आधारित अधिकार सम्पन्न प्रदेशहरुको स्थापना गरे मात्र संघीयताले पूर्णता पाउने किरातीले बताएका छन् ।

पहिचानवादी मोर्चाको राजनीतिक तथा सांगठानात्मक अवधारणापत्र २०८१ अध्ययन गर्न सहजताको लागि लिङ अपलोड गर्न अपिल गरेको छ । त्यसैगरी इमेल idfrontnp@gmail.com अथवा इनबक्स मार्फत सल्लाह सुझावको लागि समेत अनुरोध गरेको छ ।

लिङ्क तल दिइएकाे छः-

https://drive.google.com/…/1Ts5coEQhXMKH2ku3oNA…/view…

Front for Identity- Political & Organizational Concept Paper 2081 Saun By Pahichanvadi Morcha !

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;