शिवसताक्षीमा धारिलाे हतियार प्रयाेग गरी श्रीमतीकाे हत्याः बुबाले दाउ प्रहार गर्दा छाेरा घाइते

 लिम्बुवान न्युज
                       

दमक, ५ भदाैं । झापाको शिवसताक्षीमा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । मेची नगरमा अर्का एक जनाले छोरामाथि धारिलो हतियार प्रहार गरेर सख्त घाईते बनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी ८ शिवालय टोलका ४७ बर्षिया ओमप्रकाश अधिकारीले आफ्नै श्रीमती अन्दाजी ३० बर्षिया रञ्जना गौतम अधिकारीको हत्या गरेका हुन् ।

अधिकारीले मंगलबार (आज) साँझ करिब साढे ६ बजे आपसी विवादमा श्रीमती रञ्जनामाथी खुकुरी प्रहार गर्दा उनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्ण चन्दले जनाएका छन् ।

इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले हत्या आरोपी अधिकारीलाई तत्कालै पक्राउ गरेको जनाइएको छ ।

त्यसैगरी अन्दाजी साँझ ७ बजे मेचीनगर ३ दोकानडाँडाका ५७ बर्षिय पुण्यप्रसाद दाहालले ३० बर्षिय छोरा डिल्लीराम दाहालमाथि धारिलो दाउ प्रहार गरेर घाईते बनाएका हुन् । घाईते छोराको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...