लिम्बुहरू ‘याक्थुङ राष्ट्रिय गान’ निर्माणमा जुटे

,   लिम्बुवान न्युज
                       

ललितपुर, ५ भदाैं । लिम्बू/याक्थुङ समुदायको राष्ट्रिय गान ‘याक्थुङ राष्ट्रिय गान’ निर्माणको तयारीमा जुटेका छन् । मंगलबार किरात याक्थुङ चुम्लुङकाे संघीय कार्याल ललितपुरमा पहिलो चरणको छलफल भएको हाे ।

किरात याक्थुङ चुम्लुङकाे बिषयगत समिती लिम्बू साँस्कृतिक परिषद संघीय कार्यसमितिले सुरु गरेको हो । पहिलो चरण अन्तर्गत परिषदका ललितपुर, भक्तपुर र काठमाडौका समितिसँग छलफल भएको छ ।

कार्यक्रममा लिम्बू साँस्कृतिक परिषदका संघीय अध्यक्ष सागर केरुङ्द्वारा प्रस्तुत ‘याक्थुङ राष्ट्रिय गान निर्माण कार्यविधि’ बारे छलफल तथा सुझाव संकलन गर्ने कार्य भएको छ ।

कियाचुले एकदशक अघिदेखि याक्थुङ राष्ट्रिय गान निर्माण गर्नेबारे निर्णय गर्दै आए पनि हालसम्म निर्माण हुनसकेको छैन । परिषदको चौँथो राष्ट्रिय महाधिवेशन २०८० पुस २४/२५ धरानबाट घोषित समसामयिक प्रस्तावहरुद्वारा ल्याइएको कार्यक्रमको कार्यान्वयन गर्न लागेको बताइएको छ ।

याक्थुङ समुदायको साझा बुझाइबाट याक्थुङ राष्ट्रिय गान निर्माण गर्ने परिषदका पुर्व अध्यक्ष तथा किरात याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष गोविन्द आङ्बुङ्ले बताए ।

हालसम्म नेपालमा तामाङ, मगर, नेवार, गुरुङ लगायतको आफ्नै राष्ट्रिय गान निर्माण भएको पाइन्छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;