‘मुन्धम’ एक रहस्य नामक चलचित्र निर्माणको घोषणा

,   लिम्बुवान न्युज
                       

दमक, ५ भदौं । लिम्बु याक्थुङ् जातीहरुले मान्दै आएको मुन्धुमलाई चलचित्रमा देखिने भएको छ । याक्थुङ जातीहरुको मुन्धुम भनेको ज्ञानको भण्डार भएको हुँदा ‘मुन्धुम” (एक रहस्य) चलचित्र निर्माणको घोषणा भएको छ ।

झापाको दमकस्थित होटल स्वर्गलोकको सभाहलमा मंगलबार युवा व्यवसायी, समाजसेवी तथा किरात याक्थुङ चुम्लुङ् हङकङका पूर्व अध्यक्ष त्रिभुवन लुम्फुवाले चलचित्रको व्यानर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो ।

मुन्धुम भनेको याक्थुङ् जातीहरुको धार्मिक ग्रन्थ अथवा दर्शन पनि हो । मुन+थुम=मुन्धुम अर्थात मुन=हल्लीनु थुम=जोडिनु भनेर पनि व्याख्या गरेको पाईन्छ । मुन्धुम ईश्वरीय शब्द र ईश्वरीय अश्त्र सस्त्र सबै हो त्यसैले मुन्धुम विना यो लोक, देवलोक, नर्कलोक र स्वर्गलोक केहि छैन ।विश्व ब्रम्हाण्ड साराका सारा ज्ञात अज्ञात सम्पुर्ण ज्ञान सुत्र मुन्धुममा वणिर्त छ । त्यसैले मुन्धुम महाशास्त्र, महाज्ञान, तथा महादर्शन पनि हो ।

मुन्धुमबाट अविछिन्न अविरल रुपमा देव विद्या, राज विद्या, योग साधाना विद्या आदि प्रवाह भईरहन्छ । तसर्थ मुन्धुमको व्याख्या विश्लेषण गर्नु असम्भव मात्र नभई आवर्णनिय छ भन्दा त्याति फरक नहोला भन्ने गरिन्छ ।

माङ्गेन्ना फिल्मसकाे ब्यानरमा निर्माण हुने याे करिब दुई करोडको लागतमा निर्माण गरिने जनाइएको छ । चलचित्रमा धिरज मगर, परिक्षा लिम्बु, हरिराज खिम्दिङ, उदय सुब्बा, नन्दकुमारी मेन्याङबो लगायत कलाकारहरुको मुख्य अभिनय रहने जनाइएको छ ।

सार्वजनिक कार्यक्रमको ब्यानर उद्घाटन गर्दै प्रमुख अतिथि लुम्फुङवाले लिम्बु संस्कृतिलाई जिवित राख्न र आउने नयाँ पुस्तालाई मुन्धुम बारे चेतना होस् भन्ने हेतुले यो चलचित्र बन्न लागेको बताउनु भएको छ । वहाँले हाम्रो देश बहुभाषी, बहुधर्म, बहुसंस्कृति भएको हुँदा सबै संस्कृतिलाई उजागर गर्न कलाकारिताको माध्यमबाट पनि थप टेवा पुराउने गरी याक्थुङ जातीहरुको बृहत मुन्धुमको एउटा अंश भएपनि यो चलचित्रले राम्रो उठान गर्न पक्कै पनि निर्माण पक्ष सफल हुने विश्वास गर्नुभएको छ ।

याक्थुङले आफ्नो विभिन्न कर्म संस्कार गर्न क्रममा दुई राते सात राते तङसिङ मुन्धुम फलाक्ने गरिन्छ यि यावत पक्षमा गम्भीर समीक्षा गर्दै चलचित्र निर्माण होस् र विश्वसामू मुन्धुम एक रहस्य चलचित्र पुराउन अनुरोध गरेका छन् ।

यसरी नै कार्यक्रममा बोल्दै अर्का बक्ता याक्थुङ चलचित्र कथा सेन्सर बोर्डका सदस्य सचिव साङसेन पन्धाकले मुन्धुम एक रहस्य चलचित्रले हाम्रो पहिचान र संस्कृतिलाई जगेर्ना गर्ने बताएका छन् । याक्थुङ चलचित्र फेन्टासीमा बन्ने मुन्धुम पहिलो चलचित्र बन्ने उन्ने बताए । हलिउड, बलिउड, कलिउडसँग प्रतिस्पर्धा गर्न सहज नभएपनि आफ्नो संस्कार संस्कृतिक उजागर गर्न यो चलचित्र निर्माण भएको उनले भनेका छन् ।

यसैगरी कार्यक्रममा लिम्बु साहित्य तथा मुन्धुम ज्ञाता सेसेमी से नाल्बोले मुन्धुम भनेको ज्ञानको महासगर हो । उनले मन्धुकको क्षेत्र ठूलो भएको हुँदा मुन्धुमको एक रहस्य मात्र नभएर अनेक रहस्य भएको बताए । उनले मपाईवादीबाट मुक्त हुनु पर्ने उनले बताए । उनले विद्यायलय र क्याम्पस कहि पनि मुन्धुम बारे नपढेको प्रष्ट पारे । मुन्धुम रहस्य मय भएको उनले बताए । मुन्धुम इतिहास, समाजशास्त्र, विज्ञानसँग जोड्दा मुन्धुम बृहत भएको बताए । मुन्धुम भनेको चलयामान हुन्छ, रहस्यमय हुन्छ, मुन्धुम दर्शन हो– उनले भने । लिम्बुहरुले घर भन्दा खर भने पनि त्यो घर नै भएको भाषाशास्त्र अनुसार स्पष्ट पारे । मुन्धुम गन्नै नसकिने दर्शन हो ।

चलचित्रका लेखक तथा निर्देशक प्रकाश सुब्बाले कार्तिक २२ गतेबाट छायाङन शुरु गर्ने बताए । मुन्धुम एक रहस्य चलचित्र बृहत मुन्धुमको एउटा सानो अंश भएको बताउनु भयो । वहाँले यो चलचित्र अलि फेन्टासी जनराबाट निर्माण गरिने बताउनु भयो ।

कार्यक्रममा राज काउछा, शसस्त्र प्रहरी बलका प्रमुख एसपी, सामाजिक व्यक्तित्व तथा राजनीति कर्मी अशोक चेम्जोङ, नागरिक उन्मुक्ति पार्टीका सहमहासचिव दिलकुमार लावती, किरात याक्थुङ चुम्लुङ दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङ्, साहित्यकार थेयुसा फागो, कलाकार राजकुमार आङदेम्बे, धनराज सुब्बा तेह्रथम, पत्रकार मञ्च दमकका अध्यक्ष कमन देवान लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम युवा व्यक्तित्व जितेन साम्पाङको संचालन तथा भुपेन्द्र तुम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;