युवा लेखक तथा खाेजकर्ता दिपेन्द्रराज तिम्सिनाले ल्याए गुमनाम एक इतिहास बिर्से नगर्ची

 लिम्बुवान न्युज
                       

दमक, ७ भदाैं । मोरङ ,पथरीशनिश्चरे -१ निवासी खोजकर्ता लेखक दीपेन्द्रराज तिम्सिनाले पृथ्वीनारायण शाह र उनका वुवा नरभुपाल शाहको सल्लाहकार बिसे नगर्चीको बिषयमा गहिरो खोज तथा अनुसन्धान गरि ‘गुमनाम एक इतिहास बिसे नगर्ची ’ नामक पुस्तक बजारमा ल्याएका छन् ।

बिसेको जन्म स्थल गोरखा पुगेर उनलाई र उनको सन्तान, छोरालाई दिएको सनदपत्र, लालमोहर , बिसेका सन्तान सहित भेटेर गहिरो अध्ययन सहित यो पुस्तक बजारमा ल्याईएको लेखक तिम्सिनाले बताए । उनका अनुसार नेपालका पुराना इतिहासकारसँगको सोधखोज गरि किताब लेखिएको छ । विभिन्न समयमा इतिहासकारहरुले लेखेका ऐतिहासिक दस्तावेजमा पनि बिसे नगर्चीले नुवाकोट २ पटक आक्रमण गर्दा हार खाएर चिन्तित बनेका पृथ्वीनारायण शाहलाई सहि समयमा सहि सल्लाह दिएर युद्ध जितेको इतिहास पाईन्छ ।
एउटा सहि सल्लाहकार भयो भने राज्य बनाउन र युद्ध नै जित्न परे पनि सजिलै सकिन्छ । यहि उदाहरण नेपालको इतिहासमा पाईन्छ । यस्तो उदाहरणीय व्यक्ति हुनुहुन्थ्यो बिसे नगर्ची । अहिले लोकतन्त्रका शासकका नातेदार, बग्रेल्ती सल्लाहकार राखेका छन् । राखिएका सल्लाहकार विज्ञताको आधारमा नभई आफन्तको आधारमा ।

लेखकः दिपेन्द्रराज तिमिल्सिना

स्वकीय सचिव,सल्लाहकारहरूले न सल्लाह दिन्छन् , न सल्लाह लिन्छन् ।अनेक दबाब र प्रभावमा निर्णय गराउने प्रवृत्ति डरलाग्दो गरी बढेको छ । सामान्य अबस्थामा रहेका बिसे नगर्चीले दिएको सल्लाह नै पृथ्वीनारायण शाहलाई युद्ध जित्ने अस्त्र झैँ बनेको थियोे । नुवाकोट आक्रमणमा हार व्यहोरेका पृथ्वीनारायण शाह हतियार किन्न चाहन्थे । तर त्यसबेला राज्य कोषमा पैसा थिएन । युद्ध जित्न योद्दा कुशल भएर मात्र हुदैन, हतियार पनि गुणस्तरीय चाहिन्छ । एकाविहानैदेखि उठेर दरबारमा चिन्तित बनेर टोलाई रहेका पृथ्वीनारायण शाहलाई आमा कौशल्यावतीले देखेर एकदिन बिहान सोधिछन् –“छोरा तिमीलाई के भयो ? भनेर । “ त्यसबेला राजा पृथ्वीनारायणले नुवाकोट हार वेहोरेको र थप आक्रमण गर्न हतियार नभएको कुरा आमालाई सुनाएछन् । यो कुरा सुनेर आमाले दरबारमा नगरा बजाउने बिसे नगर्चीलाई भेटेर सल्लाह लिन भनिछन् । सोहि अनुसार भोलिपल्ट बिहानै राजा बिसेको घर गए’छन् ।
–कस्तो थियो सामरिक महत्वको सल्लाह ?
राजा एक्कासी घरमा आएको देखेर बिसेले महाराज के कामले मेरो घरमा पालिबक्स्यो भन्दै सोधेछन् । राजाले “ तिमीलाई थाहा छदैँछ नुवाकोट हार व्यहोर्नु परेको, अब लडाइँ लड्नुछ । हात हतियार चाहिएको छ । राज्य कोषमा पैसा छैन । कसरी हतियार किन्ने भनेर तिमीसँग सल्लाह लिन आएको ।तिमी त हाम्रो बुवाको पालादेखि सल्लाह दिँदै आएको सुनेकोछु ।उचित सल्लाह देउ“ भनेछन् ।
“म जस्तोले के सल्लाह दिन सक्छु र !“ भनेछन् । सल्लाह भनेको मान्छे सानो ठूलो पढेको नपढेको भन्ने हुदैन – राजाले भनेछन् ।
बिसेले कति दाम चाहिएको महाराज भनेर राजालाई सोधेछन् । १२ हजार दाम भए त पुग्दो हो –राजाले भने । गोरखा राज्यमा कति छन् महाराज बिसेले राजालाई सोधेछन् ।पुग नपुग १२ हजार घर होलान् राजाले भनेछन् ।यो कुरा राजाको सुनेर बिसे घरको कोठामा पसेछन् ।
कोठाभित्र पसेर बिसेले एक पैंसा, पाँच पैसा, गरेर जम्मा गरेर एक मोहर बनाई राजाको हातमा चढाई सोहि अनुसार प्रत्येक घरधुरीबाट १÷१ रुपैयाँ उठाउन सल्लाह दिएकोले सोहि अनुसार पैंसा उठाई काँसी गएर हतियार किनेर ल्याई नेपाल एकीकरण सफल भएको जनश्रूति रहेको इतिहासकारहरुले विभिन्न दस्तावेजमा लेखेका छन् ।
राज्य एकिकरणमा उचित सल्लाह दिने नगर्चीलाई राज्यले कस्तो सम्मान दियो, उहाँको परिवार कहाँ कसरी बसिरहेका छन्? यो खोज अनुसन्धानको बिषय हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भने झैँ मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन । सल्लाह दिने मान्छे ठूलो, उपल्लो जातको सम्पन्न हुनुपर्छ भन्ने हुँदैन । बिसे नगर्ची दरवारमा नगरा बजाउने, कटुवाल फलाक्ने, दरवारको बालिघरे हुनुहुन्थ्यो । तर यस्तो सामरिक सल्लाह दिने बिसे लाई अहिलेसम्म राज्यले सम्मान गरेको छैन् ।
विभिन्न युद्धमा बिसेको सहभागीता
पृथ्वीनारायण शाहको पालामा भएको विभिन्न युद्धमा बिसेको सहभागिता रहेको विभिन्न इतिहासकार तथा खोजकर्ताले खोजेको दस्तावेजबाट थाहा हुन्छ । नुवाकोट युद्धमा उहाँ सहभागी हुनुभयो । तेस्रो पटकको नुवाकोट हमलामा सिपाही भएर युद्धमा सामिल हुनुभएको थियो । पछि नुवाकोट विजय भई सकेपछि यी बिसे नगर्ची बुढा महाराजसंगै अन्तरिम राजधानी नुवाकोटमै रहने गर्दथे ्र नुवाकोटको युद्धमा तिरधारे मोर्चाबाट पृथ्वीनारायण सँगै सहभागी भएको कुरा गोरखामा बिसेको सालिकसँगै राखिएको शिलालेखमा उल्लेख छ । त्यसबेला उहाँ तीनधारे मोर्चाबाट नालदम, अजिरकोट र सिरानचोकको लडाइँमा सहभागी भएको सोहि सिलामा उल्लेख छ । त्यसैगरी, बिसे स्याङ्जाको लडाइँमा पनि सहभागी भएको थिए ।
स्याङ्जाको वहाबकोटमा बिसे नगर्ची चोक नै रहेको छ । यो चोकको नाम रहनुमा बिसेको लडाइमा सहभागिता रहेको थाहा हुने परियार सेवा समाजले उल्लेख गरेको शिलामा लेखिएको छ ।
परियार समाज, केन्द्रीय समिति तथा सम्पूर्ण परिवार बन्धुहरूले बिसेको शालिकमा राखिएको शिलालेखमा बिसेको जन्म विसं १७४६ र मृत्यु विसं १८२८ मा उल्लेख छ । यसअनुसार उनी ८२ वर्ष बाँचेका देखिन्छ । बिसे नगर्चीले गोरखाली पक्षधर भएर विभिन्न युद्धमोर्चामा भाग लिएका ऐतिहासिक प्रमाणहरू प्राप्त छन् । उनी पृथ्वीनारायण शाहसँग उनकै मोर्चामा रहेर नुवाकोटको युद्धमा सहभागी भएका थिए । नुवाकोट विजय भएपछि उनले नगरा बजाएका थिए । यसैगरी गोरखाको सिरानचोकको युद्धमा पनि उनी सहभागी थिए, जहाँ गोरखालीले लमजुङेहरूलाई हराएका थिए ।
नुवाकोटको युद्धमा बिसे नगर्ची पृथ्वीनारायण शाहको राज्यविस्तार अभियानअन्तर्गत नुवाकोटमा भएको युद्धमा बिसे नगर्ची सहभागी थिए ।
बिसेलाई विम्वमा प्रयोग गरि २०६२÷२०६३ जनआन्दोलनमा कवि श्रवण मुकारुङले ’ बिसे नगर्चीको बयान’ शिर्षकको कविता ले निकै चर्चा पाएको थियोे ।
पुस्तकको प्रकाशक लिला निरौला तिम्सिना रहेका छन् भने दमक श्रष्टा छापाखानाले छापेको यो पुस्तक १५६ पेजको रहेको छ । विभिन्न नेपालका इतिहासकारहरुसँग सोधखोज गरी ४९ वटा शिर्षकमा लेखिएको तिम्सिनाले लेखेको यो १२ औं खोजमूलक कृति हो । यसअघि तिम्सिनाले टेलिफोन डायरी २०६८ , मोरङको सामुदायिक वन एक चिनारी २०६९, मोरङको क्षेत्र नं २ एक चिनारी २०७०, पथरी शनिश्चरे नगरपालिका एक चिनारी २०७७, जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म प्रथम संस्करण २०७७, जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म दोस्रो संस्करण २०७८, धिमाल जातिको इतिहास विगतदेखि वर्तमानसम्म २०७८, इतिहासमा पथरी शनिश्चरे २०७८, मोरङका जनप्रतिनिधि संङगालो २०७९, माइखोलादेखि पुनर्वाससम्म २०८० र तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म २०८० लगायतका दर्जन पुस्तकहरु लेखिसकेका छन् ।

सम्बन्धित समाचार

अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको लिए शपथ

ललितपुर, ११ चैत्र । नेपाली कांग्रेसबाट नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका हुन् । केसी...

सहिद लाजेहाङको स्मृति सभामा पहिचानवादीहरूले प्रदेश १ काे ‘काेशी’ नाम खारेज गरि पहिचानका आधारमा राख्नुपर्ने माग

माेरङ, १० चैत । ‘काेशी’ नाम खारेजी आन्दोलनका सहिद पदम सुक्वाबा लिम्बु ‘लाजेहाङ’ लाई पहिचानवादीहरूले स्मरण गरेका छन् । लाजेहाङकाे तेस्रो स्मृति दिवसको अवसरमा उनको सम्झना गरिएको हाे । मङ्गलबार बेलबारीमा प्रदेश नम्बरको एक पुनः...

किरात याक्थुङ चुम्लुङकाे १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा

दमक, १० चैत्र । याक्थुङ लिम्बु जातिको साझा संस्था किरात याक्थुङ् चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । मंगलबार झापाको चारआलीस्थित होटल नाङ्लोमा कियाचु संघीय समितिले पत्रकार सम्मेलन गर्दै झापाको भद्रपुर चन्द्रगढीमा...

चुम्लुङकाे १२औं राष्ट्रिय महाधिवेशन झापामा हुँदै

दमक, ४ चैत । किरात याक्थुङ चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशन चैत १२, १३ र १४ गते तीन दिवसीय हुने भएको छ । झापाकाे भद्रपुर नगरपालिकास्थित चन्द्रगढीमा कियाचु झापाकाे व्यवस्थापन तथा भद्रपुर नगर शाखाको सह–व्यवस्थापनमा १२औं...