
दमक, १३ भदाैं । झापाको दमकमा १० दिने सिरिजंगा लिपिको प्रशिक्षण कार्यशाला सुरु भएको छ । लिम्बु विद्यार्थी मञ्च दमक बहुमुखी एकाइ समितिको आयोजनामा उक्त प्रशिक्षण मंगलबारबाट सुरु भएको हो ।
दमक बहुमुखी क्याम्पसको सभाहलमा आयोजना भईरहेको उक्त कार्यशालामा ४० जना विद्यार्थीहरूको सहभागिता रहेको संयोजक आकाश लावती लिम्बुले जानकारी दिए ।

भदौ २१ गते सम्म संचालन हुने कार्यशालाको सहजीकरण भाषालिपि तथा साँस्कृतिक अभियन्ता थेयुसा फागोले गर्नेछन् ।
लिम्बु विद्यार्थी मञ्च याक्थूङ विद्यार्थीहरुको हक, अधिकार संरक्षण र सम्बर्द्धन गर्दै याक्थूङ भाषा, लिपि, कला, धर्म, साँस्कृतिक तथा शैक्षिक विकासमा योगदान पुर्याउदै आएको छ ।
Related