लिम्बु चलचित्रकर्मीहरूकाे स्मारिका ‘मुन्चइत्’को विमोचन

 लिम्बुवान न्युज
                       

ललितपुर, १८ साउन । लिम्बु चलचित्रकर्मीहरुको स्मारिका ‘मुन्चइत्’को विमोचन भएको छ | सनिवार चुम्लुङहिम काठमान्डौमा याक्थुङ मुन्चइत् चोक सयङ संघीय कार्यसमिति र नेवा;ताम्सालिङ प्रदेश समितिको संयुक्त आयोजनामा सम्पन्न भएको हो |

वरिष्ट चलचित्रकर्मी नविन सुब्बाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ संघीय उपाध्यक्ष गोविन्द आङबुङ, मुन्धुमविद येहाङ लावती, नेपाल आदिवासी जनजाति चलचित्र महासंघ संघीय परिषद उपाध्यक्ष गुन्जा चौधरी, पुर्व अध्यक्ष प्रतिमाया पुन मगर, किरात राई चलचित्रकर्मी संघका महासचिव बबिन राइ, मगर चलचित्र कर्मी संघका महासचिव एल.बि. मगर, आदिवासी जनजाति चलचित्र महासंघ बागमती प्रदेश अध्यक्ष रेशम तामाङ, नेपाल ग्रीस मैत्री तथा सांस्कृतिक संघ अध्यक्ष मनोज नेवा, नेपाली सेनाका पुर्व उपरथी होमकुमार लावती, होटल व्यवसायी संघ काठमान्डौ जिल्ला अध्यक्ष सुरेश बराल लगायतको संयुक हस्तबाहुलीबाट विमोचन गरिएको थियो |

२१६ पेज लामो पुस्तकमा प्रा.डा. लक्ष्मणप्रसाद गौतमको आख्यानको चलचित्रीकरण, चलचित्रमा पविधिको भाषा र लिम्बू – चलचित्रको सङ्क्षेपण, नविन सुब्बाको चलचित्रमा भाषा निर्माणको प्रश्न, नीलकमलको लघु चलचित्र र वृतचित्र सामान्य अध्यन तथा उपादेयता, सागर केरुङको लिम्बु चलचित्र उद्योगको परिस्थिति, गुरुङ सुशान्तको नेपालका आदिवासी चलचित्रको संक्षिप्त इतिहास र अवस्था, कपिल पराजुलीको डिजिटल सिनेमा क्यामरा, क्यामेराम्यान र कलरिस्ट, सुर्य प्रकाश चेम्जोङ्को याक्थुङ् मुन्चइत् चोक सयङ्को स्थापना र लिम्बु चलचित्र र सन्देश सुब्बाको याक्थुङ् (लिम्बू) चलचित्र निर्माण – क्रम र गतिविधि शीर्षकका लेखहरु समावेश छन् |

याक्थुङ् मुन्चइत् चोक सयङ् संघीय कार्यसमिति, लिम्बुवान प्रदेश कार्यसमिति, नेवा;ताम्सालिङ् प्रदेश कार्यसमिति, भारत सुक्खिम कार्यसमिति, पान्थर जिल्ला कार्यसमिति, चाइना हङकङ कार्यसमिति, विषयगत समितिहरु र मानार्थ सदस्य एवम् आजीवन सदस्यहरुको विवरणहरु समेटिएका छन् | |

२१६ पेज लामो पुस्तकमा प्रा.डा. लक्ष्मणप्रसाद गौतमको आख्यानको चलचित्रीकरण, चलचित्रमा पविधिको भाषा र लिम्बू – चलचित्रको सङ्क्षेपण, नविन सुब्बाको चलचित्रमा भाषा निर्माणको प्रश्न, नीलकमलको लघु चलचित्र र वृतचित्र सामान्य अध्यन तथा उपादेयता, सागर केरुङको लिम्बु चलचित्र उद्योगको परिस्थिति, गुरुङ सुशान्तको नेपालका आदिवासी चलचित्रको संक्षिप्त इतिहास र अवस्था, कपिल पराजुलीको डिजिटल सिनेमा क्यामरा, क्यामेराम्यान र कलरिस्ट, सुर्य प्रकाश चेम्जाेङकाे याक्थुङ् मुन्चइत् चोक सयङकाे स्थापना र लिम्बु चलचित्र र सन्देश सुब्बाको याक्थुङ् (लिम्बू) चलचित्र निर्माण – क्रम र गतिविधि शीर्षकका लेखहरु समावेश छन् |

याक्थुङ् मुन्चइत् चोक सयङ् संघीय कार्यसमिति, लिम्बुवान प्रदेश कार्यसमिति, नेवा;ताम्सालिङ् प्रदेश कार्यसमिति, भारत सुक्खिम कार्यसमिति, पान्थर जिल्ला कार्यसमिति, चाइना हङकङ कार्यसमिति, बिषयगत समितिहरु र मानार्थ सदस्य एवम् आजीवन सदस्यहरुको विवरणहरु समेटिएका छन् |

कार्यक्रम सयङका अध्यक्ष सागर केरूङकाे अध्यक्षतामा भएकाे थियाे । याक्थुङ् मुन्चइत् चोक सयङकाे विधान, याक्थुङ् चलचित्र दर्ता कार्यविधि, याक्थुङ् स्टोरी बैंकको विनियम, याक्थुङ् मुन्चइत् अक्षयकोषको नियमावलीहरु समेत समेटिएको संघीय अध्यक्ष तथा स्मारिकाका सम्पादक केरुङले बताए |

सम्बन्धित समाचार

चुम्लुङकाे ३८औं स्थापना दिवस: झापामा छात्रवृत्ति वितरण तथा विभिन्न व्यक्तित्व सम्मानित

दमक, ४ भदाैं । आदिवासी याक्थुङ्/लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ् चुम्लुङ् (कियाचु) को ३८ औं स्थापना दिवसको अवसरमा छात्रवृत्ति वितरण तथा विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ। शनिबार विर्तामोडस्थित कियाचु झापा शाखाको...

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

दमकमा असोज ५ देखि ५६ हजार नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाइने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले आगामी असोज ५ गतेदेखि नगरका ३० वर्षमाथिका ५६ हजार ७ सय २८ नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाउने भएको छ। लामखुट्टेको टोकाइबाट सर्ने यो गम्भीर रोगको जोखिम न्यूनीकरणका...

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

;