वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

 लिम्बुवान न्युज
                       


दमक, २६ साउन। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ) को ८७ औं जन्मदिनको अवसरमा माङगेन्नासहित कविता वाचन गरेर मनाइएको छ ।

आइतबार झापाको दमकमा मुन्धुम अनुष्ठानबाट चर्चित कवि वैरागी काइँलाको माङगेन्ना गरेर (शिर उठाएर) सुरु भएको कार्यक्रममा स्रष्टाहरुले काइँलाका नेपाली साहित्यमा प्रख्यात कविताहरु वाचन गरेका थिए ।

कार्यक्रमको सुरुवातमा वरिष्ठ साहित्यकार लछामी सेर्मा पापोले माङगेन्ना मुन्धुम वाचन गरेर काइँलाको माङगेन्ना उठाएका थिए ।

नेपाल लिटरेरी ग्रुपको आयोजना, किरात मुन्धुम प्रतिष्ठान र फरक आयामको सहकार्यमा सम्पन्न कार्यक्रमबीच कवि तथा गजलकार शिव रेग्मी प्रणतले कवि वैरागी काइँलाको मातेको मान्छेको भाषण: मध्यरातपछिको सडकसित वाचन मात्रै गरेनन्, आयामेली आन्दोलनका अभियान्ता इन्द्रबहादुर राई र ईश्वर वल्लभलाईसमेत सम्झेका थिए ।

प्राज्ञ सुमित्र वाङ्देल ‘चेली’ले कविता वाचनसहित तेस्रो आयामले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पुर्याएका चर्चा गरिन् ।

याक्थुङ प्रतिष्ठान दमकका कुलपति सेसेमी से नाल्बोले बि. काइँलाले याक्थुङ साहित्यमा ठूलो योगदान पुर्याएको बताए ।

फरक आयामका संयोजक साङसेन पन्धाकले जन्मदिनमा केक काट्नु भन्दा माङगेन्ना गरेर जन्मोत्सव मनाउनु एउटा नेपाली मौलिक संस्कृतिलाई जिवन्त बनाउने कार्य भएको जिकिर गरेका थिए ।

कार्यक्रममा विक्रम वनेम फागो, रचना लाओती कुसाङ, चोमु पासाङ शेर्पा, दिल भुटानी र जिवन विवश बेघाले कवि वैरागी काइँलाका कविता वाचन गरेका थिए ।

नेपाल लिटरेरी ग्रुपका अध्यक्ष प्रकाश बुडाथोकीले कवि वैरागी काइँलाको कविता वाचन र साहित्यिक योगदानको चर्चा गर्दै कार्यक्रम समापन गरेका थिए ।

सम्बन्धित समाचार

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...

पुर्व प्रधानमन्त्री देउवा पाँच महिनापछि स्वादेश फर्किए

झापा, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल पाँच महिनापछि स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । देउवा आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौंस्थित...

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...