माङ्सेबुङमा वान्तवा भाषा पठनपाठनको लागि कार्यदल गठन

,   लिम्बुवान न्युज
                       

दमक, २६ साउन । माङसेबुङ गाउँपालिकाले शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा बान्तवा भाषा पाठ्यक्रम निर्माण सम्बन्धी एक दिवसीय छलफल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईको अध्यक्षतामा तथा किरात राई यायोक्खा केन्द्रिय समितिका उपमहासचिव कृष्ण खालिङ राईको प्रमुख आतिथ्तामा छलफल सम्पन्न गरिएको हो ।

 

वान्तावा भाषा पाठ्यक्रम छलफल कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलशेर राई, किरात राई यायोक्खा जिल्ला कार्य समिति इलामका उपाध्यक्ष प्रकाश रुङमाहाङ राई, माङसेबुङ गाउँपालिका शिक्षा समिति सदस्य तथा जीवनज्योति माविका प्रअ मदन कुमार राई, नेपाल आदिवासी जनजाति गाउँ समन्वय परिषद माङसेबुङ अध्यक्ष डिल्लि कुमार राजालिम राई, विभिन्न विद्यालयका वान्तावा भाषि शिक्षकज्यूहरु, अग्रज शिक्षकज्यूहरु साथै सरोकारवालाहरुको उपस्थितिमा छलफल सम्पन्न भएको हो ।

छलफलबाट पालिका भित्रका सम्भावित विद्यालयहरुमा वान्तावा भाषा पठनपाठनका लागि वान्तावा भाषा पाठ्यक्रम निर्माण गर्ने र पाठ्यक्रम निर्माणका लागि शिक्षक मदन कुमार राईको संयोजकत्वमा लेखन कार्यदल र पूर्व शिक्षक भक्त बहादुर राईको संयोजकत्वमा सल्लाकार समिति गठन गरेको छ ।

वान्तावा भाषा पाठ्यक्रम लेखन कार्यदल :-
संयोजक : श्री मदन कुमार राई – प्रअ, श्री जीवनज्योती मावि
सदस्य : श्री उदय राई – प्रअ, सिङ्घेश्वरी आवि
गुञ्ज कुमार राई – किरात राई यायोक्खा इलाम जिल्ला सदस्य (पूर्व शिक्षक)
सकुन्तला राई – शिक्षक, श्री जीवन ज्योति मावि
अम्बिका प्रसाद राई – प्रअ, श्री सरस्वती आवि
युवराज खनाल – अधिकृत छैठौं- शिक्षा शाखा

सल्लाहकार समिति :
संयोजक : भक्त बहादुर राई – पूर्व शिक्षक

सदस्य : डिल्लिकुमार राई – अध्यक्ष, नेफिन माङसेबुङ
सदस्य : नर बहादुर राई – पूर्व शिक्ष

सदस्य : मनकुमार राई – प्रअ, श्री जनकल्याण आवि
सदस्य : रामप्रसाद राई -पूर्व शिक्षक
सदस्य : बुद्धि प्रसाद खतिवडा – शिक्षा शाखा प्रमुख

माङसेबुङ गाउँपालिकामा लिम्बू भाषाको पठनपाठन केही विद्यालयहरुमा यश अघिबाट नै निरन्तर भईरहेको शिक्षा शाखाले जनाएको छ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;