‘‘याक्थुङ सिने अवार्ड” को दोस्रो संस्करण मंसिरमा हुने

 लिम्बुवान न्युज
                       

ललितपुर, २ साउन । याक्थुङ चलचित्रकर्मी संघको आयोजनामा गत बर्षबाट आयोजना हुँदै आएको “याक्थुङ सिने अवार्ड” को दोस्रो संस्करण अर्थात दोस्रो “याक्थुङ सिने अवार्ड –२०८२” मंसिरमा हुने भएको छ । पहिलाे संस्करणमा चलचित्रमा समेटिएकाे अवार्डमा दोस्रो संस्करण देखि बृत्तचित्र र याक्थुङ म्युजिक भिडियोहरुपनि प्रतिस्पर्धामा समेटिने  बताइएकाे छ ।

संघको शनिवार सम्पन्न कार्यसमिती बैठकले यस वर्षको अर्वाड कार्यक्रम मंसिरमा गर्ने निर्णय गरेको र नोमीनेशन भने असोज र कार्तिक महिनाका लागि तोकिएको अध्यक्ष नविन मेन्याङवोले बताएका छन् ।

गतवर्षको अवार्ड कार्यक्रमको पहिलो संस्करणमा लिम्बु चलचित्र ‘चे’ ले सर्वोत्कृष्ट फिचर फिल्म अवार्ड र ‘खोक्पा’ ले सर्वोत्कृष्ट लघु चलचित्रको अवार्ड जितेको थियो । २०८०/८१ सालभित्र निर्माण भएका बिसुद्व लिम्बु कथा र लिम्बु चलचित्रकर्मीहरुले निर्माण गरेको लघु चलचित्र र फिचर चलचित्रलाई अवार्ड प्रदान गरिएको थियो ।

चर्चित लेखक तथा निर्देशक उपेन्द्र सुब्बा, याक्थुङ भाषाबिद्द तथा कलाकार याशेली योङ्हाङ, कलाकार, निर्माता तथा याक्थुङ चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष नबिन मेन्याङ्बो मुख्य जुरी रहेको टिमले विभिन्न बिधामा याक्थुङ चलचित्रकर्मीहरुलाई अवार्ड प्रदान गरेको थियो ।

गतवर्ष बरिष्ठ कलाकार प्रेम सुब्बालाई सोदुइङ्गेन लेप्मुहाइ अवार्डद्वारा समान गरिएको थियो । धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटरिएम हलमा सम्पन्न अवार्ड कार्यक्रममा लालिगुरास नगरपालिका तेह्रथुमका मेयर अर्जुन मावोहाङको प्रमुख आतिथी थिए ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...