‘‘याक्थुङ सिने अवार्ड” को दोस्रो संस्करण मंसिरमा हुने

 लिम्बुवान न्युज
                       

ललितपुर, २ साउन । याक्थुङ चलचित्रकर्मी संघको आयोजनामा गत बर्षबाट आयोजना हुँदै आएको “याक्थुङ सिने अवार्ड” को दोस्रो संस्करण अर्थात दोस्रो “याक्थुङ सिने अवार्ड –२०८२” मंसिरमा हुने भएको छ । पहिलाे संस्करणमा चलचित्रमा समेटिएकाे अवार्डमा दोस्रो संस्करण देखि बृत्तचित्र र याक्थुङ म्युजिक भिडियोहरुपनि प्रतिस्पर्धामा समेटिने  बताइएकाे छ ।

संघको शनिवार सम्पन्न कार्यसमिती बैठकले यस वर्षको अर्वाड कार्यक्रम मंसिरमा गर्ने निर्णय गरेको र नोमीनेशन भने असोज र कार्तिक महिनाका लागि तोकिएको अध्यक्ष नविन मेन्याङवोले बताएका छन् ।

गतवर्षको अवार्ड कार्यक्रमको पहिलो संस्करणमा लिम्बु चलचित्र ‘चे’ ले सर्वोत्कृष्ट फिचर फिल्म अवार्ड र ‘खोक्पा’ ले सर्वोत्कृष्ट लघु चलचित्रको अवार्ड जितेको थियो । २०८०/८१ सालभित्र निर्माण भएका बिसुद्व लिम्बु कथा र लिम्बु चलचित्रकर्मीहरुले निर्माण गरेको लघु चलचित्र र फिचर चलचित्रलाई अवार्ड प्रदान गरिएको थियो ।

चर्चित लेखक तथा निर्देशक उपेन्द्र सुब्बा, याक्थुङ भाषाबिद्द तथा कलाकार याशेली योङ्हाङ, कलाकार, निर्माता तथा याक्थुङ चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष नबिन मेन्याङ्बो मुख्य जुरी रहेको टिमले विभिन्न बिधामा याक्थुङ चलचित्रकर्मीहरुलाई अवार्ड प्रदान गरेको थियो ।

गतवर्ष बरिष्ठ कलाकार प्रेम सुब्बालाई सोदुइङ्गेन लेप्मुहाइ अवार्डद्वारा समान गरिएको थियो । धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटरिएम हलमा सम्पन्न अवार्ड कार्यक्रममा लालिगुरास नगरपालिका तेह्रथुमका मेयर अर्जुन मावोहाङको प्रमुख आतिथी थिए ।

सम्बन्धित समाचार

चुम्लुङकाे ३८औं स्थापना दिवस: झापामा छात्रवृत्ति वितरण तथा विभिन्न व्यक्तित्व सम्मानित

दमक, ४ भदाैं । आदिवासी याक्थुङ्/लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ् चुम्लुङ् (कियाचु) को ३८ औं स्थापना दिवसको अवसरमा छात्रवृत्ति वितरण तथा विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ। शनिबार विर्तामोडस्थित कियाचु झापा शाखाको...

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

दमकमा असोज ५ देखि ५६ हजार नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाइने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले आगामी असोज ५ गतेदेखि नगरका ३० वर्षमाथिका ५६ हजार ७ सय २८ नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाउने भएको छ। लामखुट्टेको टोकाइबाट सर्ने यो गम्भीर रोगको जोखिम न्यूनीकरणका...

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

;