मुन्धुमबारे नयाँ पुस्तामा जागरण फैलाउनु पर्छ

 लिम्बुवान न्युज
                       

ललितपुर, २ भदाैं । मुन्धुमबारे नयाँ पुस्तामा जागरण फैलाउनुपर्नेमा मुन्धुम विज्ञहरुलेमा जोड दिएका छन् । काठमाडौंमा याक्थुङ नेम्वाङ समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मुन्धुममा थेबा माङको सान्दर्भिकताबाारे विज्ञहरुले धारणा राखेका हुन् ।

बक्ताहरुले मुन्धुमको महत्वबारे प्रकाश पार्दै यसको संरक्षण र विस्तारका लागि नयाँ पुस्तालाई समेत संलग्न गराउनुपर्ने बताए ।
मुन्धुमविद् एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्वकूलपति तिलविक्रम नेम्वाङ “वैरागी काइँला”ले थेबा माङलाई मुन्धुमको ज्ञान र संस्कारसँग जोडिएको मूल आधारका रूपमा व्याख्या गरे । उनले यसको संरक्षणमा सबैको भूमिका आवश्यक रहेको समेत बताए ।
कार्यक्रममा बोल्दै अमर तुम्याङ, येहाङ लावती, अर्जुन नुगो, नवीन लिङ्देन र मुन्धुम लिम्बुले मुन्धुमबारे जागरण फैलाउनुपर्नेमा जोड दिएका थिए ।

यस्ता कार्यक्रमले मुन्धुम र थेबा माङको महत्वबारे सरोकारवालाबीच साझा दृष्टिकोण बनाउन मद्दत गर्ने अपेक्षा लिइएको आयोजक याक्थुङ नेम्वाङ समाजले जनाएको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...