माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा कार्यान्वयन गर्दैः एकजना सहजकर्ता नियुक्ति गर्ने तयारी हुँदै

 लिम्बुवान न्युज
                       

दमक, २ भदाैं । इलाम जिल्लाको माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा कार्यान्वय गर्ने तयारी गरेको छ । प्रदेश नं. १ सरकारले लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजी भाषाको रुपमा कार्यान्वयनमा ल्याउने तयारी भइरहेकाे बेला पालिकाले लिम्बू भाषालाई कामकाजीको भाषाको रुपमा प्रयोगमा ल्याउन लागेको हो ।

पालिका अध्यक्ष हेमन्त राईका अनुसार माङसेबुङमा बहुसङ्ख्यक जनताले बोल्ने लिम्बू भाषालाई कामकाजी भाषाको रुपमा कार्यान्वयनका लागि एकजना भाषिक सहजकर्ता (सहायक पाँचौ तह) नियुक्त गर्ने तयारी भएकाे बताउनु भयाे ।

पालिकाले यसका लागि आवेदन आह्वान गर्दा ६ जनाले आवेदन दिएका छन् । आउने भदौ ४ गते (बुधबार) छनौट परीक्षा सञ्चालन गरी नियुक्ति गरिने गाउँपालिकाले जनाएको छ  ।

माङसेबुङले ‘भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास कार्यान्वयन निर्देशिका २०७५’ र ‘माङसेबुङ गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७४’ अनुसार भाषिक सहजकर्ता नियुक्त गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत दिलसेर राईले बताउनु भयाे ।

प्रशासकीय अधिकृतका अनुसार  भाषिक सहजकर्ताले नेपाली र लिम्बू दुवै भाषामा अनुवादकको काम गर्नेछ ।

कर्मचारी नियक्ति भएपछि गाउँपालिकाभित्र औपचारिक कार्यक्रम गरी लिम्बू भाषालाई कामकाजी भाषा घोषणा गरिने अध्यक्ष राईले बताउनु भयाे । नेपालमै पहिलो पटक माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाइ कामकाजी प्रयोगमा ल्याउन लागिएको हो ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार १६ हजार ८ सय १० जनसङ्ख्या रहेको माङसेबुङमा ४२.८३ प्रतिशत लिम्बू र ३३.६ प्रतिशत राई समुदाय बसोबास गर्छन् । जातीय र भाषिक बाहुल्यताका आधारमा माङसेबुङले २०७५ साल मङ्सिर १३ गतेदेखि ५ नं. वडा कार्यालयमा लिम्बू भाषालाई कामकाजी घोषणा गरी लागू गरिसकिएको । त्यसै वडामा २०७६ मा एक जना भाषिक सहजकर्ता (सहायक चौथो तह) नियुक्त गरिएको थियो ।

लिम्बू भाषा लेखनमा भने किरात सिरिजङ्गा लिपिको प्रयोग गरिने पालिकाका उपाध्यक्ष विनाेद नेम्बाङले बताउनु भयाे । पालिकाकाे हरेक वडाहरकाे वाेर्ड लगायतमा समेत किरात सिरिजंगा लिपि लेखिने उपाध्यक्ष नेम्बाङले बताउनु भयाे ।

सम्बन्धित समाचार

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...