तेस्रो उद्योग वाणिज्य कप २०८२ को उपाधि निर्माण व्यवसायिलाई

,   लिम्बुवान न्युज
                       

दमक, ७ भदौ/ दमकमा भएको ‘तेस्रो उद्योग वाणिज्य कप २०८२’ को उपाधि निर्माण व्यवसायी संघले हात पारेको छ ।
दमक उद्योग बाणिज्य संघले आफ्नो ३५औँ वार्षिक उत्सव र स्थापना दिवसको अवसरमा आयोजना गरेको अन्तर वस्तुगत संघ फुटसल प्रतियोगिताको सो उपाधि जितेको हो ।

विजेता संघले नगद ३३ हजार तीन सय ३३, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको आयोजकले जनाएको छ ।

त्यस्तै, उपविजेता बनेको मोबाइल व्यवसायी संघले नगद २२ हजार दुई सय २२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

गत बिहीबार र शुक्रबार सञ्चालित सो प्रतियोगिताको अनुशासित टिम फर्निचर तथा फर्निसिङ व्यवसायी संघ घोषित भयो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी निर्माण व्यवसायी संघका लेलेन सुब्बा, उत्कृष्ट गोलकिपर निर्माण व्यवसायीतर्फकै दिपेन थापा, हाई स्कोरर मोबाइल व्यवसायी संघका शरण राई घोषित भए ।

विधागत उत्कृष्ट खेलाडीलाईसमेत नगदसहित पुरस्कृत गरिएको दमक उद्योग वाणिज्य संघका कार्य समिति सदस्य एवम् खेलकुद उप समिति संयोजक तुलसीराम तिम्सिनाले जानकारी दिनु भयो ।

समापन समारोहको प्रमुख अतिथि तथा संघका पूर्व अध्यक्ष विजयप्रसाद बराल रहनु भएको थियो ।  उहाँले व्यवसायीहरुबीचको खेलकुदमैत्री वातावरणको प्रशंसा गर्नुभयो ।

संघका अध्यक्ष गोपाल गुराँगाईले व्यवसायीहरूलाई रिफ्रेस गराउँदै व्यवस्तताका बाबजुद स्वास्थ्यका लागि खेलकुदमा सहभागी हुने वातावरण सिर्जना गराउन र व्यवसायीहरुबीच मित्रवत सम्बन्ध बढाउन यो प्रतियोगिताले महत्वपूर्ण भुमिका खेलेको उल्लेख गर्नु भयो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

;