याक्थुङ चलचित्र सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न

 लिम्बुवान न्युज
                       

ललितपुर, १२ भदाैं । लिम्बू चलचित्रकर्मीहरुका लागि एक दिने ‘क्षमता अभिवृद्वि तालिम’ सम्पन्न भएको छ | बुधबार ललितपुरस्थित तिखेदेव कियाचू भवनमा रहेकाे याक्थुङ मुन्चइत् चोक सयङको संघीय कार्यालय मा सम्पन्न भएको हो |

याक्थुङ मुन्चइत् चोक सयङ संघीय कार्यसमितिको आयोजनामा सम्पन्न तालिममा वरिष्ठ चलचित्र निर्देशक नविन सुब्बाद्वारा ‘How to Tell Our Story ?’ बारेमा प्रशिक्षण दिएका थिए ।

यस्तै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अधिकृत राम मादेनद्वारा  ‘Yakthung Perspective on Ancestral Land’, बारे प्रशिक्षण दिएका छन् भने मुन्धुम ज्ञाता यासेली योङहाङद्वारा ‘मुन्धुममा अभिनयकलाको तत्वहरु’, यसरी नै एबिसी टेलिभिजनका पत्रकार अर्जुन मादेनद्वारा ‘How to address the public?’ बारेमा क्षमता अभिवृद्धि तालिम दिएका छन्।

२०३८ साल देखि २०४९ साल सम्म लिम्बू भाषा शिक्षण गरेका शिक्षक थाकुहाङ मेरीङद्वारा ‘स्वर वर्ण, व्यञ्जन वर्ण र बाह्रखरी’ को बारेमा तालिम दिइएको चाेक सयङका संघीय अध्यक्ष सागर केरुङले बताए |

उक्त तालिममा ३० भन्दा धेरै याक्थुङ कलाकारहरूले तालिम लिएकाे सयङले जनाएकाे छ ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;