दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
याक एण्ड यति होटलमा पूर्वनिर्धारित कार्यक्रम अनुसार ८ चैत्र २०७८ का दिन सम्पन्न गैर आवासीय नेपाली संघको दशौं महाधिवेशनबाट विनोद कुबर अध्यक्षमा निर्वाचित भए, परराष्ट्र मन्त्रालयमा प्रतिवेदन बुझाए । त्यसको दुईदिन पछि अर्को समुहले होटल सोल्टीमा चैत्र १० र ११, २०७८ मा अर्को महाधिवेशन गरे सो समुहले एकैपटक ३ जना अध्यक्ष बनाए– कुल आचार्य, रविना थापा र बद्री के.सी. । ३ जना अध्यक्ष भएको समुहले दुईबर्षपछि फेरी ११ औं महाधिवेशन समेत गरे । एघारौ महाधिवेशनको अनलाईन चुनावमा प्राविधिक धाँधली गरि बद्री केसी स्वघोषित आफू अध्यक्ष बनेको भनी अध्यक्षका प्रत्याशीद्धय राजेन्द्र कुमार (आर. के.) शर्मा र महेश श्रेष्ठले पनि सर्वोच्चमा मुद्धा लगाए । सर्वोच्च र उच्च अदालतमा एकपछि अर्को मुद्धाको चाँङ लाग्यो ।
लेखकः- विश्वदिप तिगेला
परराष्ट्र मन्त्रालयको ऐन नियम परामर्श तथा फैसला कार्यान्वयन शाखालाई लगत कट्टा गरिदिने सम्वन्धमा सर्वोच्च अदालतलाई बैशाक ३०, २०८२ का दिन पत्र लेख्यो । सर्वोच्च अदातल फैसला कार्यान्वयन निर्देशनालयले ६ जेठ २०८२ का दिन विधिसम्मत सम्पूर्ण प्रकृया पुरागरि एकता महाधिवेशन सम्पन्न भएको उत्प्रेरणा जारी गर्यो । त्यसपछि विदेशमा रहेका ३० वटा नेपाली दुतावास र ७ वाणिज्य दुतावासहरुमा एनआरएनएको एकता महाधिवेशनबाट महेश श्रेष्ठको नेतृत्व चयन भएको जानकारी पत्र ८ जेठ २०८२ मा पठायो । यसरी विधि र प्रकृया अनुसार आधिकारिकता प्राप्त गरेको महेश नेतृत्वको एनआरएनएलाई संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली नागरिकता ऐन बारेमा छलफलको निमित्त पत्राचार गर्यो र महेश नेतृत्वको एनआरएनए सहभागी पनि बन्यो ।
सर्वोच्चमा सर्वोच्चकै परमादेश विपरित, एकताको महाधिवेशन रोकि पाँउ भनी लगाएको मुद्धाको कुनै आदेश जारी भएन । केहीदिन पछि सर्वोच्च अदातल फैसला कार्यान्वयन निर्देशनालयले उत्प्रेरणा जारी गर्दै ति मुद्धाहरु स्वतः निष्कृय भएको जनाए । एकहिसाबले पुरै चरण सम्पन्न भएको बतायो तथापी पुनरावलोकनको नाउमा मुद्धा ब्यूँताईएको छ भने एनआरएनए सम्बन्धिका अन्य मुद्धालाई छुटाएर हेर्न नमिल्ने भनी ६ वटै मुद्धालाई जोडिएको छ । पुर्नरावलोकको सुनाई हुनेभनी सूचीमा पटकपटक चढे पनि सुनुवाई नभएको स्थिती छ, धेरैपटक सरिसकेको छ । पुर्नरावलोक पछि पनि कुनै अर्को फैसला आउने सम्भावना चाहि देखिन्दैन ।
सर्वोच्चको परमादेश अनुसार एकताको महाधिवेशनबाट नयाँ नेतृत्व चयन लगतै अन्य समुहले एनआरएनएको नाम र लोगो चलाउनु अवैधानिक हो । एनआरएनएको बैंक खाता चलाउनु र एनआरएनएको कार्यालय चलाउनु, ठूलो खर्च गरेर वेभसाईटको एमआईएस सिस्टम चलाउनु अवैधानिक हो ।
एनआरएनएको अहिलेको स्थिती– दौड प्रतियोगितामा धावकहरु सहभागी बनी दौडिएर लामोदुरी पुरा गरि विजयी बनेर पुरस्कार लिईसके, प्रमुख अतिथि र आयोजकले दौड प्रतियोगिता सम्पन्न भईसकेको घोषणा गरिसके तर एकाध व्यक्तिहरु दौड प्रतियोगिताबाट अलगिने, दौडमा भाग नलिने अनि प्रतियोगिता नै भएको छैन भन्ने, दौड प्रतियोगिता नै नभएकोले म आफै प्रथम हूँ भन्ने अपरिपक्क काम भएको स्थिती छ ।
दौड प्रतियोगितामा भागै नलिने एकाध पक्षले सर्वोच्चकै दोस्रो फैसला र सो फैसलाको १५ नम्बर बुंदामा प्रत्येक महाधिवेशन सार्वभौम हुनेछ भनिएकोमा हामी आधिकारिक हौ भन्ने गलत हल्ला फैलाएका छन् । महाधिवेशन मात्र होइन कुनै पनि समितिको बैठकक मात्र पनि सार्वभौम हुन्छ । गलत अथ्र्याउने काम भएको छ । दौड प्रतियोगितामा भागै नलिने पक्षले अक्टोबर, नोभेम्बर सम्म हामी आधिकारिक हौ भनी गलत दाबी गरिरहेका छन त्यसो भए अक्टोबर, नोभेम्बर पछि चाहि त्यो दाबी गर्ने समुह अर्कै नामको संगठनमा रुपान्तरण हुने हो? आज एनआरएनएको सदस्य बनेकाहरुलाई भोली अर्कै संगठनको सदस्य बनाउनु अपराध होइन र? नयाँ सदस्य बन्ने र नयाँ नेतृत्व बन्नेले अहिले नै ख्याल गर्नुपर्ने गम्भिर विषय हो । दौड प्रतियोगितामा सहभागी नभएकाहरुको जर्बरजस्त र बेईमानलाई सबैले ख्याल गर्नुपर्ने स्थिती देखिन्छ ।
सर्वोच्चको परमादेशले १३ सदसिय एकता महाधिवेशनको आयोजक कमिटि बनाईदियो । पहिलो बैठकमा सबैजना उपस्थित भए, दोस्रो बैठक देखि बद्री केसी अनुउपस्थित रहे । परमादेशमा भनिएको थियो, सबैको सहमतिमा महाधिवेशन गर्नु, सबैको सहमति नभएमा बहूमतको आधारमा गर्नु । नवौं कार्यसमितिका अध्यक्ष कुमार पन्त भएको बखत करिब ६ महिना पछाडी धकेलिएको १० औं महाधिवेशन गराउनको निमित्त बनेको थियो एक उच्चस्तरिय समिति र त्यसका संयोजक थिए शेष घले । सर्वोच्चको परमादेशले त्यहि उच्च स्तरिय समितिलाई ब्यूँताई दियो, शेष घलेलाई संयोजकको जिम्मेवारी तोक्यो । परमादेशले १० औं महाधिवेशनबाट बनेका विनोद कुवर, अर्को पक्षका ३ अध्यक्षहरु कुल आचार्य, रबिना थापा र बद्री केसीलाई अध्यक्षको रुपमा स्वीकार गरेन अर्थात उनीहरुको नेतृत्वको एनआरएनए सिंगो टिम नै खारेज गर्यो । यो परमादेश नेकपा (एमाले) र नेकपा (माओवादी) को पार्टी एकतालाई अवैध ठहर गर्दै पुनः पहिलाकै स्थितीमा पुर्याईदिएको २०७७ फागुन २३ को घट्नासँग मिल्दोजुल्दो छ ।
परमादेशले भन्यो उच्चस्तरिय समितिको पहिलो बैठक बसेको ६ महिना भित्र एकताको अधिवेशन गर्नु । शेष घलेले बहूमतको आधारमा एकताको महाधिवेशन तयारी गरिरहदा महाधिवेशन सार्नुपर्ने भनी तत्काल महाधिवेशन रोक्न पेशी चढ्यो तर सर्वोच्चले रोक्नु भन्न सकेन तब भोली पल्ट परराष्ट्र मन्त्री आएर उद्घाटन गरिन महाधिवेशन भब्यता पूर्वक सम्पन्न भयो ।
सर्वोच्चको परमादेशको मर्मअनुसार एकता महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीले बैशाख २१ मा सफथ खाए लगतै उनीहरु हरेक हिसाबले बैधानिक बने तब बद्री के.सी. पक्षले एनआरएनएको नाम, लोगो, बैंक एकाउन्ट चलाउन अवैधानिक हो । नवनिर्वाचित पदाधिकारीहरु निर्वाचित भएलगतै काठमाडौं कार्यालयमा प्रवेश गर्न चाहेका थिए तर नवनिर्वाचित महेश श्रेष्ठले म ब्यवस्थापन मिलाउछु भनी एक महिना समय मागे अन्ततः अझै प्रवेश भएको छैन । सर्वोच्चको परमादेशको मर्म– केन्द्रमा पहिला एकताको महाधिवेशन गर त्यसपछि विभाजित राष्ट्रिय समितिहरुको निर्वाचित गर भन्ने थियो, सोहि बमोजिम अभियान निरन्तर अघिबढिरहेको छ ।
अहिले एकथरिको दाबी छ । अक्टोबर नोभेम्बरमा केसी पक्षले गर्ने भनेको महाधिवेशन पछि उनीहरुले एनआरएनए जस्तै अर्कै नामको संगठन बनाउनेछन् । यस अघि पनि युनाईटेट नेपाली डायस्पोरा अर्गनाईजेशन (अन्डो) दर्ता भएको छ । केसी पक्षले कुन नाम जुराउछन थाह छैन । एनआरएनए जस्तै ३ वटा संगठन निर्माण हुन्छ तथापी वैधानिक र परराष्ट्रको प्रमुख अंगको रुपमा एनआरएनए मात्र रहनेछ किन की सरकारको नियमावलीले एनआरएनएलाई प्रमुख स्टेकहोल्डरको रुपमा लिएको छ । केसी पक्षले नेपाल बाहिर संस्था दर्ता गर्ने वा नेपालकै समाज कल्याण परिषद अन्तर्गत वा कम्पनी हाउस अन्तर्गत गर्ने भन्ने चर्चा बजारमा छ । त्यसो हो भने अहिले एनआरएनए भनी मच्चिरहेका केसी पक्षका सदस्य तथा नेतृत्वहरु भोली अर्कै संस्थाको पदाधिकारी तथा सदस्य पो बन्दै छन की?
एनआरएनएको मुख्य बाँधकको रुपमा हालका सम्माननीय प्रधानमन्त्री रहेको देखिन्छ । उनैले बद्री केसीलाई उद्योग बाणिज्य प्रबद्र्धन संवाद परिषदको पदेन सदस्यमा गत ५ पुष २०८१ का दिन मनोनयन गरेको छ । केसीले सर्वोच्चको परमादेश पछि ४ महिना कार्यालय छोडेर हिडेका थिए तर प्रम ओली कार्यक्रममा आएर तिमी केसी पक्ष नै आधिकारिक हौ भनिदिए पछि उनीहरु हौसिएको देखिन्छ । अफसोच कार्यपालिकाको नियन्त्रण भन्दा बाहिर न्याय पालिकामा मुद्धा पुगिसकेको र न्यायपालिकाले निर्णय समेत सुनाईसकेको, परमादेश जारी भईसकेको कारण प्रमको जोड्बलले पनि विधि भत्काउन असम्भव देखिन्छ । अहिले बजारको हल्लाअनुसार एकता महाधिवेशनमा एमाले इतरका एनआरएनए अभियन्ताहरु सहभागी भएनन र अहिले केसी पक्षको एनआरएनए भन्नेहरुको समुहलाई एमालेको प्रवास संगठन प्रवासी नेपाली मन्च (ओएनएफ) ले धानेको आरोप लगाउनेहरु पनि भेटिन्छन् । केही केही परिबन्दले अन्य पार्टीका पनि समाहित भएको हुनसक्ने अनुमान छ ।
एनआरएनए स्थापना भएको १० औं बर्ष पछि परराष्ट्रमा दर्ता नभएको भए, तत्कालिन महासचिव हेमराज शर्माले पैसठ्ठी र पच्चिसको फर्मुला नचलाएको भए अर्थात प्रत्येक एनसिसिका बहाल समितिले ६५ प्रतिशत र नयाँ चयन हुने समितिले २५ प्रतिशत मात्र महाधिवेशन प्रतिनिधि चयन गर्ने विधानको ब्यवस्थालाई आफू अनुकुल प्रतिनिधि स्वीकृत नगरेको भए अहिलेको समस्या सिर्जना हुने थिएन ।
त्यो बेला शर्मा इतरले चुनाउमा आफूले मात्र जित्ने वातावरण बनायो भन्ने आरोप लगाई प्रतिनिधि छनौट सम्बन्धिको मुद्धा बोकेर कुल आचार्य, जानकी गुरुङ, नवराज वली र वेद प्रसाद खरेलले परराष्ट्रमा मुद्धा मिति २४ भाद्र २०७८ मा नपुर्याएको भए, नेपालको प्रधानमन्त्री के.पी. ओली नभईदिएको भए । एनआरएनएको यो अवस्था आउने थिएन सायद ।
एनआरएनए परराष्ट्रले स्थापना गरेको होइन, विदेशिएका नेपाली आफैले स्थापना गर्यो, हुक्र्यो बढ्यो तब लौ हाम्रो मालिक तिमी परराष्ट्र मन्त्री, मन्त्रालय भयौ भनेर जब स्वीकार गर्यो, अर्थात परराष्ट्रमा एनआरएनए दर्ता भयो तब दलिय दलदलमा फस्यो । पूर्व परराष्ट्र मन्त्री विमला पौडेल राई, पूर्व परराष्ट्र मन्त्री नारायण खड्काले विधि र नियम कानुन भन्दा दलिय दबाबमा केही काम गरेबाट अहिलेको समस्या झनै जटिल बनेको मानिन्छ ।
अन्तमा, विश्वभरको एनआरएनएलाई एक बनाउने लोकविधि सम्मत सम्माननीय सर्वोच्च अदालतको परमादेश, विदेशमा भएका नेपालीहरुको चाहना, नेपाल सरकारको चाहना र समग्र नेपालीहरुको आवश्यकता अनुसार एनआरएनए अघि बढ्नु पर्ने हो तर यो कामको निम्ति पनि दलिय बाँधा अड्चन नै एनआरएनएको निमित्त दुर्भाग्य बन्न पुगेको छ । प्रवासिएका नेपालीहरुले विदेशमा भोग्न र जुध्न परेको समस्या, एनआरएनए सम्बन्धि नेपालकै प्रतिकुल ऐन कानुनको विरुद्ध लड्नुपर्ने अहिलेको आवश्यकता हो, बर्षौबर्ष देखि मिलेर बसेको नेपाली समाजलाई विभाजित गर्ने गलत पात्रहरुको गलत कामलाई चिर्दै अघि बढ्नुपर्ने चुनौती छ । यी चुनौतीहरुमा केन्द्रीत हुदै प्रवासिएका नेपालीहरुको हितमा, मातृभूमी नेपालको हितमा काम गरौ । गत बैशाकमा सम्पन्न एकताको महाधिवेशनसँगै सम्पूर्ण विवादहरु समाप्त भएको छ । संगठनलाई निरन्तर अघि बढाउन एनआरएनएको सदस्य बनौ, एनआरएनएको नेतृत्व बनौ तर आधिकारिक र भोली पनि एनआरएनए नै बन्ने गरि बनौ, बैधानिक एनआरएनए अवैधानिक एनआरएनएको बारेमा सुस्पष्ट भएर अघि बढौ । जय एनआरएनए ।
लेखकः एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष हुन्
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...