चुलाचुली गाउँपालिकाले सहिद स्मृति पार्क र परिवारका लागि सुविधा दिने

,   लिम्बुवान न्युज
                       

दमक, १५ भदाैं । इलामको चुलाचुली गाउँपालिकाले सशस्त्र युद्धमा मारिएका सहिदहरुको सम्मानमा सहिद स्मृति पार्क निर्माण गर्ने भएको छ । पार्क भित्र सहिदहरुका अर्धकदका शालिक निर्माण गरिनेछ ।

गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले दश बर्षे सशस्त्र युद्ध र सो पछिको समेत अधिकार प्राप्तीको आन्दोलनमा मारिएका सहिदहरुको सम्मानका लागि सहिद स्मृति पार्क निर्माणसहित सहिद तथा वेपत्ता परिवार लक्षित बजेटसहितका कार्यक्रमहरु अघि सार्नु भएको हो ।

अध्यक्ष केरुङले चालू आर्थिक बर्ष २०८२/०८३ को बार्षिक नीति कार्यक्रममानै समावेश गरि अघि सारिएको सो कार्य अघि बढाउन कार्यपालिका सदस्य नरेन्द्रकुमार वान्तवाको संयोजकत्वमा गंगा सुवेदी, पदमा कुरुङवाङ र बिसु कुलुङ सदस्य रहेको समितिलाई जिम्मेवारी दिइएको बताउनु भयो । सो सम्बन्धमा कार्यपालिका बैठकले आवश्यक निर्णय गरेको जनाउँदै अध्यक्ष केरुङले भन्नु भयो– राज्यले घोषणा गरेका सहिदहरु साझा हुन् हामीले सहिदलाई सदास्मरण गर्नेछौं ।

उहाँका अनुसार चुलाचुली गाउँपालिका भित्र राज्यबाट घोषणा गरिएको सहिदहरुको संख्या १३ जना रहेको प्रारम्भिक जानकारी आएको छ ।
यो तथ्याङकमा कोही पनि नछुटुन भन्ने उद्धेश्यले वान्तवाको संयोजकत्वमा रहेको समितिले तथ्याङक यकिन गर्ने र उनीहरुको अवस्थाका बारेमा पनि अधययन गरि स्थानीय सरकारबाट सहिद तथा वेपत्ता परिवारका लागि गर्नुपर्ने कामबारे पनि सुझाव दिनेछ ।

शालिक बनाएर मात्रै सहिद प्रति सम्मान नहुने आफ्नो निष्कर्ष सुनाउँदै अध्यक्ष केरुङले सहिद तथा वेपत्ता प्रत्येक परिवारको निःशुल्क स्वास्थ्य बीमा गाउँपालिकालेनै गरिदिने , पालिका भित्रका स्वास्थ्य संस्था, अस्पताल, क्लिनिकहरुमा र एम्बुलेन्स सेवा समेत निशुल्क गरिदिने बताउनु भयो । स्वास्थ्यसँगै शिक्षा र व्यवसायका क्षेत्रमा पनि सहिद तथा वेपत्ता परिवारलाई राहत तथा सहयोगका कार्यक्रमहरु ल्याइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष केरुङका अनुसार सहिद परिवारका बालबालिकालाई कक्षा ११/ १२ सम्म निःशुल्क पढाइदिने र सो भन्दा माथि समेत चाहेको बिषयमा अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरिदिने, सहिद परिवारले आवश्यक ठानेमा तत्काल कम्तीमा एक जनालाई रोजगारको व्यवस्था मिलाइने र उद्यम, व्यवसाय सञ्चालन गर्न चाहने सहिद परिवारलाई आर्थिक क्षेत्रमा समेत प्रोत्साहन गरिने गाउँपालिकाको योजना रहेको अध्यक्ष केरुङले बताउनु भयो ।

देशभरमै एक मात्रै त्यस किसिमको सशस्त्र द्धन्द्धका सहिदको स्मृति पार्क बनाउने र एकमुष्ट सम्बोधन हुने किसिमको सहयोग तथा राहतका कार्यक्रमहरु ल्याउने चुलाचुली गाउँपालिकानै पहिलो भएको अध्यक्ष केरुङको दाबी छ । उहाँले आगामी बैशाख सम्ममा सो स्मृति पार्कको उदघाटन तथा सहिद परिवारको सामुहिक सम्मानको कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख उपस्थितीमा गर्ने घोषणा पनि गर्नुभएको छ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;