छथर गाउपालिकाद्धारा पत्रकार प्रकाश पाक्साँवा सम्मानित

 लिम्बुवान खबर
                       

तेह्रथुम/ छथर गाउपालिकाले पत्रकार प्रकाश पाक्साँवालाई सम्मान गरेको छ । ग्रामिण क्षेत्रमा रहेर पत्रकारिताको माध्यमद्धारा गाउपालिकाका हरेक सकरात्मक क्रियाकलापहरुलाई बिभिन्न संचारमा संप्रेषण गरेर समृद्ध छथरका निम्ती अतुलनिय योगदान दिएको ठहर गर्दै पत्रकार पाक्साँवालाई गाउपालिकाले सम्मान गरेको हो । गाउपालिकामा मंगलबार एक कार्यक्रमको आयोजना गरि पत्रकार पाक्साँवालाई सम्मान स्वरुप एकथान क्यामेरा सहित दुईलाख बराबरको संचार सामग्री अध्यक्ष सन्तोष तिगेलाले हस्तान्तरण गर्नुभएको छ ।

सम्मानको साथमा संचार सामग्री प्रदान गर्दै पालिका अध्यक्ष तिगेलाले सत्य, निश्पक्ष, विश्वसनिय सुचना तथा समाचार संप्रेषणलाई निरन्तरता दिन पत्रकार पाक्साँवालाई आग्रह गर्नुभएको छ । आफ्नो पृष्ठभुमी समेत पत्रकारिता रहेको स्मरण गर्दै अध्यक्ष तिगेलाले समग्र छथर क्षेत्रको दीर्घ विकास र समृद्धीका निम्ती स्वच्छ पत्रकारिताको आवश्यकता पर्ने बताउनुभयो । वर्तमान अवस्थामा सुचना र संचार विकासको संवाहक भएको बताउदै उहाँले पत्रकारिताको मर्म बुझेर अगाडी बढेमात्र सामाजिक भ्रमलाई चिर्न सकिने उल्लेख गर्नुभयो ।

सम्मान ग्रहण गर्दै पत्रकार पाक्साँवाले गाउपालिकाको हित र समृद्धीको पक्षमा आफु हरदम रहेको जानकारी  बताएका छन् । अध्यक्ष तिगेलाको सुझावलाई आत्साथ गर्दै पाक्सावाँले आफुले पत्रकारिता गरेयता धेरै दुःखी र पिडितहरुको उद्धार भएको प्रष्ट पार्नुभयो । एक दशक भन्दा लामो समयदेखी पत्रकारितामा क्रियासिल रहनुभएका पाक्सावा अहिले कारोबार दैनिक, ईमेज टेलिभिजन लगायत बिभिन्न अनलाईन एवंम् संचारगृहमा आवद्ध हुनुहुन्छ ।

सम्बन्धित समाचार

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

दमकमा असोज ५ देखि ५६ हजार नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाइने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले आगामी असोज ५ गतेदेखि नगरका ३० वर्षमाथिका ५६ हजार ७ सय २८ नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाउने भएको छ। लामखुट्टेको टोकाइबाट सर्ने यो गम्भीर रोगको जोखिम न्यूनीकरणका...

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

;