बुधबार, १७ भदौ, २०७७ बिहानको ०६:०० बजे,
लिम्बुवान खबर
काठमाडौं । नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङ अनुसार थप १ हजार ६९ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा देशभरका विभिन्न जिल्लामा गरि थप १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका थप १ हजार ६९ जनासहित देशभर संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा २२ हजार १ सय ७८ जना उपचारपछि घर फर्किएका छन् भने मृत्यू हुनेको संख्या २ सय ३९ जना पुगेकोे छ ।
दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...
मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...
ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...
काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...