युरिया मल दिन बंगालादेश सकारात्मक

 लिम्बुवान खबर
                       

काठमाडौं । नेपाललाई आवश्यक रहेको युरिया मल पैँचो दिन बंगालादेश सकारात्मक देखिएको छ । बंगलदेशका प्रधानमन्त्रीसँग मंगलबार दिउँसो भएको टेलिफोन कुराकानीमा सकारात्मक जवाफ पाएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

ओलीले मंगलबार दिउँसो समकक्षी शेख हसिनासँग टेलिफोन कुराकानी गरेका थिए । प्रधानमन्त्रीले टि्वटर मार्फत यसको जानकारी दिएका हुन् ।

‘प्रधानमन्त्री हसिनासँग दुई देशको हितका विषयमा उपलब्धिमुलक छलफल भयो, नेपालको तत्काल आवश्यकताको लागि माग गरिएको युरिया मलका लागि उहाँ सकारात्मक हुनुहुन्छ,’ प्रधानमन्त्रीले टि्वटरमा भनेका छन् ।

मल ल्याउने ठेक्का पाएको नेपाली ठेकदारले समयमै मल ल्याउन नसकेपछि सरकारले तत्कालको अभाव पूर्ति गर्न बंगलादेशसँग मल पैँचो मागेको थियो ।

कुटनीतिक माध्यमबाट भएको छलफलमा नेपाललाई तत्काल उपलब्ध गराउन सक्ने गरी ५० हजार मेट्रिक टन मल दिन बंगालदेश सकारात्मक भएको थियो ।

 

KP Sharma Oli

@PM_Nepal

131 people are talking about this

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...