५ लाख पर्यटक भुलाउने पर्यटकीय उपज खोज्न निर्देशन

 लिम्बुवान खबर
                       

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले काठमाडौ उपत्यका आसपास पाँच लाख पर्यटकलाई सेवा दिन सक्ने गरी पर्यटकीय उपजको खोजी गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन् ।

                                                   योगेश भट्टराई

                           संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री 

पर्यटन मन्त्रालयमा सोमबर नेपाल पर्यटन बोर्डका निर्देशकहरुसँगको छलफलमा मन्त्री भट्टराईले सार्वजनिक विदाको दिनमा उपत्यका वरिपरी पाँच लाख पर्यटक भुल्न सक्ने गरी पर्यटन पूर्वाधार (पदमार्ग, साईकलिङ, ट्रेल पर्यटन) उपज सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न निर्देशन दिएका हुन् ।

उनले प्रदेश स्तरमा प्रदेश सरकारसँग समन्वय गरी पर्यटन बोर्डको शाखा चाँडो गठन गर्न समेत निर्देशन दिए । मन्त्री भट्टराईले पर्यटन बोर्डलाई सातवटा भाषा नेपाली, हिन्दी, चाइनिज अरवी पोर्चुगल र स्पेनिस भाषामा डिजिटल सामाग्री तयार गर्न समेत निर्देशन दिएका छन् ।

कार्यक्रममा भट्टराईले अनावश्यक खर्च कटौती गरी आर्थिक मितब्ययिता कायम गर्न निर्देशन दिए । विदेश तथा स्वदेशमा हुने भ्रमण खर्चमा कटौती गर्न , कोभिड १९ को महामारीको समयमा भर्चुअल टुरका प्याकेज बनाउन र विश्व सम्पदा, हिमाल, ट्रेकिङ सिमसार, म्युजियम, निकुञ्जलगायत भर्चुअल टुरको सामाग्री तयार गर्न समेत उनले आग्रह गरेका छन् ।

उनले कोभिडका कारण पर्यटन व्यवसायी, पर्यटन मजदुर लगायतमा देखिएका समस्या तथा पलायन रोक्न मनोसामाजिक परामर्श सेवा शुरु गर्न समेत पर्यटन बोर्डलाई निर्देशन दिएको मन्त्रालयले जानकारी दिएको छ ।

उनले विभिन्न देशका रहेका पर्यटन डेक्सलाई सक्रिय बनाई स्वदेश तथा विदेशमा पर्यटन  क्षेत्रका संघ संस्थाहरुसग नेटवर्क विस्तार गर्न समेत आग्रह गरे ।

कोभिड-१९ ले सवबैभन्दा बढी असर पर्यटन क्षेत्रमा परेका भन्दै मन्त्री भट्टराईले कोभिडपछि पर्यटन उत्थानका लागि के के गर्न सकिन्छ त्यसको आवश्यक योजना बनाउन समेत आग्रह गरे । उनले नेपालमा स्वास्थ्य, शिक्षा,खेलकुद पर्यटनको संभावनाका बारेमा अध्ययन अनुसन्धान गर्न आग्रह गरेको मन्त्रालयले जनाएको छ । (by onlinekhabar)

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...