विर्तामाेडले बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक, १ अर्ब १५ करोड बढी बजेट विनियाेजन

 लिम्बुवान खबर
                       

विर्तामाेड । झापाकाे विर्तामाेड नगरपालिकाको आर्थिक वर्ष ०७७/०७८ को बार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको छ ।

नगर प्रमुख ध्रुबकुमार शिवाकोटीको अध्यक्षता साथै प्रदेश १ सदस्य एकराज कार्कीकाे प्रमुख आतिथ्यतामा सम्पन्न सार्वजनिक कार्यकममा  चालू आर्थिक वर्षका लागि १ अर्ब १५ करोडको बजेट सार्वजनिक गरेकाे छ ।

बार्षिक नीति निती तथा कार्यक्रम र बजेट उप-प्रमुख पबित्रा महताराले पाचौं नगर सभामा प्रस्तुत गरेकी थिइन । सो बजेट तथा नीति कार्यक्रम छलफल पश्चात् पारित गरिएको हो ।

नीति तथा कार्यक्रम सार्वजनिक समारोहमा प्रमुख अतिथि समेत रहेका प्रदेश १ सदस्य एकराज कार्की, नगर प्रमुख शिबाकोटि, नेकपा नगर अध्यक्ष ज्ञानुराम प्रसाइ, नेपाली काङ्ग्रेस नगर सभापती भोजराज सिटौला लगायले मन्तव्य राखेका थिए ।

यसैबीच अढाइ बर्स अघिदेखि विर्तामोडमा कार्यरत प्रमुख प्रसासकिय अधिकृत पशुपति खतिवडाको अनिवार्य अबकास पछी बिदाइ गरिएको छ । नगरले एक कार्यक्रमको आयोजना गरि खतीवडाको बिदाई गरिएको नगरपालिकाका सुचना अधिकृत जय तिम्सिनाले बताएका छन् ।

सम्बन्धित समाचार

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

दमकमा असोज ५ देखि ५६ हजार नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाइने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले आगामी असोज ५ गतेदेखि नगरका ३० वर्षमाथिका ५६ हजार ७ सय २८ नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाउने भएको छ। लामखुट्टेको टोकाइबाट सर्ने यो गम्भीर रोगको जोखिम न्यूनीकरणका...

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

;