माेटरसाइकलमा राखी पछाडिबाट घांटी रेटी हत्या (गोमनसिंह हत्या प्रकरण)
शनिबार, २० भदौ, २०७७ बिहानको ०९:३६ बजे,
लिम्बुवान खबर
बेलुकाको हावा खाई फ्रेस हुन सताक्षीधाम मन्दिरतर्फ जाऔ भन्दै लिम्बु सोही मोटरसाइकलको पछाडी बसी मोटरसाईकल बिस्तारै चलाउन लगाई झिलझिले बाट १ कि.मी उत्तर पुगेपछि मोटरसाइकल चलाएकै अवस्थामा पछाडीबाट धारिलो हतियारले हानेर लडाएको प्रहरीले जनाएको छ । मगर मोटरसाइल सहित सडकमा लडेपछि गर्धनमा काटी हत्या गरेको लिम्बुले प्रहरी समक्ष बयान दिएका हुन् ।
हत्याकाे अभियुक्त भनिएका मनकुमार लिम्बु
शिवसताक्षी, झापा। झापा शिवसताक्षी न.पा. ११ निवासी २९ वर्षीय गोमनसिंह मगरको हत्या उनकै साथी मनकुमार लिम्बुले गरेको प्रहरीले सार्वजनिक गरेको छ ।
शिवसताक्षीको झिलझिले उत्तर सताक्षीधाम जाने बाटोमा शिवसताक्षी ८ निवासी ३२ वर्षीय मनकुमार लिम्बुले हत्या गरेको जिल्ला प्रशासन कार्यालय झापाले सार्वजनिक गरको हो । हत्या भएकै दिन लिम्बुलाई प्रहरीले पक्राउ गिर अनुसन्धान गरि रहेको थियो ।
मगरको हत्यामा प्रयोग गरिएको सामाग्री खोजी गरिँदै
मंगलबार बेलुका ६ ः३० बजे लिम्बुले फोन गरी मगरलाई भेट्न बोलाएको थिए । गोमनसिंह सोही समयमा (प्रदेश ०१–०१०१२ प ५२२५ नं.०) मोटरसाइकल लिएर घरबाट निकिस्कएक हुन् ।
बेलुकाको हावा खाई फ्रेस हुन सताक्षीधाम मन्दिरतर्फ जाऔ भन्दै लिम्बु सोही मोटरसाइकलको पछाडी बसी मोटरसाईकल बिस्तारै चलाउन लगाई झिलझिले बाट १ कि.मी उत्तर पुगेपछि मोटरसाइकल चलाएकै अवस्थामा पछाडीबाट धारिलो हतियारले हानेर लडाएको प्रहरीले जनाएको छ ।
अभियुक्तले प्रयाेग गरेका छुरी र माेवाइल
मगर मोटरसाइल सहित सडकमा लडेपछि गर्धनमा काटी हत्या गरेको लिम्बुले प्रहरी समक्ष बयान दिएका हुन् । मगरले चलाएको मोटरसाईकललाई कोही कसैले नदेखोस भनी सडक देखि पुर्वपट्टी जंगलमा लगेर लडाई दिई पुनः मगरको गर्धनमा हतियार प्रहार गरी नालीमा फालेको अनुसन्धानबाट पुष्टि भएको हो ।
शवकाे प्रारभ्मीक अनुसन्धान गर्दै प्रहरी
मगरको रतुवामाई बन क्षेत्र भित्र सताक्षीधाम जाने बाटोमा घाँटी रेटी हत्या गरिएको अवस्थामा बुधबार शब् फेला परेको थियो ।
प्रहरी बयानमा मगर र लिम्बूले प्रयोग गरेको शुक्रबार दुईवटा मोबाइल र हत्यामा प्रयोग भएको छुरा पानीमा फ्यालेको अवस्थामा भेटिएको थियो।
प्रहरीकोे प्रारम्भिक अनुसन्धानबाट निजहरु विच भएको आर्थिक लेनदेन कारोबारमा असमझदारी भई बढेको मनमुटाबका कारण घटना घटेको जनाएको छ ।
लिम्बु र मगर बराइन बस्दा मिल्ने साथी हुन् । उनीहरु केही समय अघि नेपाल फर्किएका थिए ।
मगरको प्रयाेग गरेकाे मोटरसाइकल
थप अनुसन्धान गर्न पक्राउ परेका अभियुक्त मन कुमार लिम्बुलाई आइतबार सम्मानित झापा जिल्ला अदालत झापाबाट म्याद थप अनुमती लिने तयारी भईरहेको छ ।
निजले गरेको कसुर मुलुकी फौजदारी संहिता २०७४ को परिच्छेद १२ काे ज्यान सम्बन्धी कसुरको दफा १७७ बमोजिमको कसुर रहेकोले यस्तो कसुर गर्नेलाई सोही ऐनको सोही दफा बमोजिम जन्म कैदसम्मको सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।
दमक, ३० भदौं । प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति झापाले पहिचानको आन्दोलन सशक्त बनाउन झापामा “पहिचानको लागि युवा” दस्ता घोषणा गरेको छ । शनिबार बिर्तामोडस्थित सिटि सेन्टरको सभाहलमा झापा जिल्लाका पहिचानवादी युवाहरुको...
विराटनगर, २५ भदौ । सोमबार विराटनगरमा प्रदेश स्तरीय सभा आयोजना गर्दा समाजवादी मोर्चाले ब्यानरमा प्रदेशको नाम लेख्न सकेन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मोर्चामा आवद्ध दलका शीर्ष नेताले सम्बोधन गरेको उक्त सभाको ब्यानरमा ‘प्रदेश स्तरीय...
झापा, दमक । साहित्यकार हेम अधिकारीका तीन कृति क्रियाको रुप विश्लेषण आधुनिक भाषा विज्ञान, जीवनका गौंडा गल्छेँडाहरु र “उत्तरी ध्रुवतिर टहलिँदा “नियात्रा सङ्ग्रह साहित्य कला संगम दमकको आयोजनामा मेची सहकारीको सभाहलमा बिमोचन कार्यक्रम सम्पन्न भयो...
काठमाडौं, १७ भदौं । ललितपुरमा प्रदेश नं. १ को नाम कोशी खारेज गर्न मागसहित विरोध प्रदर्शन भएको छ । आइतबार दिउँसो किरात याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवसको अवसरमा ललितपुरको जावलाखेलदेखि ढोलाहिटीस्थित चुम्लुङ् हिमसम्म प्रदर्शन...
हाम्रो बारेमा
प्रकाशक:
माङ्गेन्ना पब्लिकेशन एण्ड मिडिया प्रा.लि.
प्रदेश न १ , दमक–१, झापा
सूचना विभाग द.नं. २१४६/०७७-७८
सम्पर्क ठेगाना
ईमेल
Limbuwan.khabarnews@gmail.com
विज्ञापन शाखा
९८४४६५८८४४
हाम्रो टीम
प्रवन्ध निर्देशक/प्रधान सम्पादक
दिल कुमार लावती
९८४४६५८८४४/९८२४०१२१८२