माेटरसाइकलमा राखी पछाडिबाट घांटी रेटी हत्या (गोमनसिंह हत्या प्रकरण)

 लिम्बुवान खबर
                       

बेलुकाको हावा खाई फ्रेस हुन सताक्षीधाम मन्दिरतर्फ जाऔ भन्दै लिम्बु सोही मोटरसाइकलको पछाडी  बसी मोटरसाईकल बिस्तारै चलाउन लगाई झिलझिले बाट १ कि.मी उत्तर पुगेपछि मोटरसाइकल चलाएकै अवस्थामा पछाडीबाट धारिलो हतियारले हानेर लडाएको प्रहरीले जनाएको छ । मगर मोटरसाइल सहित सडकमा लडेपछि गर्धनमा काटी हत्या गरेको लिम्बुले प्रहरी समक्ष बयान दिएका हुन् ।

हत्याकाे अभियुक्त भनिएका मनकुमार लिम्बु

शिवसताक्षी, झापा। झापा शिवसताक्षी न.पा. ११ निवासी २९ वर्षीय गोमनसिंह मगरको हत्या उनकै साथी मनकुमार लिम्बुले गरेको प्रहरीले  सार्वजनिक गरेको छ ।

शिवसताक्षीको झिलझिले उत्तर सताक्षीधाम जाने बाटोमा शिवसताक्षी ८ निवासी ३२ वर्षीय मनकुमार लिम्बुले हत्या गरेको जिल्ला प्रशासन कार्यालय झापाले सार्वजनिक गरको हो ।  हत्या भएकै दिन  लिम्बुलाई प्रहरीले पक्राउ गिर अनुसन्धान गरि रहेको थियो ।

                                                           मगरको हत्यामा प्रयोग गरिएको  सामाग्री खोजी गरिँदै

मंगलबार बेलुका ६ ः३० बजे लिम्बुले फोन गरी मगरलाई भेट्न बोलाएको थिए । गोमनसिंह सोही समयमा (प्रदेश ०१–०१०१२ प ५२२५ नं.०) मोटरसाइकल लिएर घरबाट निकिस्कएक हुन् ।

बेलुकाको हावा खाई फ्रेस हुन सताक्षीधाम मन्दिरतर्फ जाऔ भन्दै लिम्बु सोही मोटरसाइकलको पछाडी  बसी मोटरसाईकल बिस्तारै चलाउन लगाई झिलझिले बाट १ कि.मी उत्तर पुगेपछि मोटरसाइकल चलाएकै अवस्थामा पछाडीबाट धारिलो हतियारले हानेर लडाएको प्रहरीले जनाएको छ ।

अभियुक्तले प्रयाेग गरेका छुरी र माेवाइल

मगर मोटरसाइल सहित सडकमा लडेपछि गर्धनमा काटी हत्या गरेको लिम्बुले प्रहरी समक्ष बयान दिएका हुन् । मगरले चलाएको मोटरसाईकललाई कोही कसैले नदेखोस भनी सडक देखि पुर्वपट्टी जंगलमा लगेर लडाई दिई पुनः मगरको गर्धनमा हतियार प्रहार गरी नालीमा फालेको अनुसन्धानबाट पुष्टि भएको हो ।

शवकाे प्रारभ्मीक अनुसन्धान गर्दै प्रहरी

मगरको रतुवामाई बन क्षेत्र भित्र सताक्षीधाम जाने बाटोमा घाँटी रेटी हत्या गरिएको अवस्थामा बुधबार शब्  फेला परेको थियो ।

प्रहरी बयानमा मगर र लिम्बूले प्रयोग गरेको शुक्रबार दुईवटा मोबाइल र हत्यामा प्रयोग भएको छुरा पानीमा फ्यालेको अवस्थामा भेटिएको थियो।

प्रहरीकोे प्रारम्भिक अनुसन्धानबाट निजहरु विच भएको आर्थिक लेनदेन कारोबारमा असमझदारी भई बढेको मनमुटाबका कारण घटना घटेको जनाएको छ ।

लिम्बु र मगर बराइन बस्दा मिल्ने साथी हुन् । उनीहरु केही समय अघि नेपाल फर्किएका थिए ।

                       मगरको  प्रयाेग गरेकाे मोटरसाइकल

थप अनुसन्धान गर्न पक्राउ परेका अभियुक्त मन कुमार लिम्बुलाई आइतबार सम्मानित झापा जिल्ला अदालत झापाबाट म्याद थप अनुमती लिने तयारी भईरहेको छ ।

निजले गरेको कसुर मुलुकी फौजदारी संहिता २०७४ को परिच्छेद १२ काे ज्यान सम्बन्धी कसुरको दफा १७७ बमोजिमको कसुर रहेकोले यस्तो कसुर गर्नेलाई सोही ऐनको सोही दफा बमोजिम जन्म कैदसम्मको सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।

सम्बन्धित समाचार

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

दमकमा असोज ५ देखि ५६ हजार नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाइने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले आगामी असोज ५ गतेदेखि नगरका ३० वर्षमाथिका ५६ हजार ७ सय २८ नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाउने भएको छ। लामखुट्टेको टोकाइबाट सर्ने यो गम्भीर रोगको जोखिम न्यूनीकरणका...

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

;