उद्यम विकाश सहकारीको १२ औं साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक

 लिम्बुवान खबर
                       

दमक।दमक ६ स्थित उद्यम बिकाश वचत तथा ऋण सहकारी संस्थाले १२ औं साधारण सभामा पेश गर्ने प्रतिवेदन आज सार्वजनिक गरेको छ । सहकारीका सञ्चालक समिति र कर्मचारीहरुको सानो समुहका विच अध्यक्ष चन्द्रा खड्का भट्टराईले साधारणसभाको प्रतिवेदन सार्वजनिक गर्नु भएको हो ।

प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष भट्टराईले कोरोना संक्रमणको महामारीका कारण यस बर्ष बिगत बर्षहरुको जस्तो भिडभाड गर्दै बिभिन्न कार्यक्रम गरेर साधारण सभा नगरिएको बताउनु भयो । आज सार्वजनिक गरिएको प्रतिवेदन आगामी २३ गते सम्म सदस्यहरुले आएर कार्यालयबाट बुझ्न सक्ने र त्यस माथि आफ्ना सुझावहरु राख्न सक्ने बताउनु भयो । प्रतिवेदन बुझ्न र सुझाव दिन कार्यालय आउँदा अनिवार्य मास्कको प्रयोग गरि व्यक्तिगत दुरी पालना गर्नु पर्ने नियम बनाईएको उहाँले बताउनु भयो ।

सहकारीको केन्द्रिय कार्यालय दमक र गौरादह शाखा केन्द्रबाट प्रतिवेदन पाउन सकिने र केहि सुझाव भएमा सदस्यले २४ र २५ गते भित्रमा कार्यालयमा बुझाउनु पर्ने सहकारीका सचिव विरेन्द्र पोखरेलले बताउनु भएकाे छ । सदस्यहरुको सुझावमाथि २६ गते सञ्चालक समितिले छलफल गरी २७ गते यस बर्षको निति तथा कार्यक्रम र बजेट पास गरिने गरि साधारणसभाको कर्याक्रम तोकिएको उहाँले बताउनु भयो ।

हाल सम्म ७ करोड ५३ लाख ३२ हजार ५ सय १० रुपैयाँको व्यालेन्सीट रहेको उद्याम बिकाश सहकारीले यो साधारणसभा बाट २० वटा निती संसोधन गर्न प्रस्ताव गरेको छ ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...