मेरिङदेनमा लिम्बुवान मञ्चको टोल समिति गठन

 लिम्बुवान खबर
                       

ताप्लीजोङ्। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति ताप्लेजुङको संगठन विस्तारको अभियान अन्तर्गत आज मेरिङ्देन गाउँपालिका वडा नं. २ साविक सान्थाक्रा गाविस वडा नं. ४ स्थित आँगो टोलमा ११ सदस्यीय टोल समिति गठन गरिएको छ ।

मञ्चका जिल्ला अध्यक्ष भुपेन्द्र माबोको प्रमुख आतिथ्यता एवं उपाध्यक्ष रुपा चोङ्वाङ, सचिव अशोक मादेन, सचिव सुजता लाबुङ लगायतको उपस्थितिमा पूर्णध्वोज लिम्बुको अध्यक्षतामा टोल समिति गठन गरिएको छ ।

उक्त गठित टोल समितिको उपाध्यक्षहरुमा हरि केदेम, लाजेहाङ यक्सो, सचिव धन बहादुर लिम्बु, अर्थसचिव जय लिम्बु त्यसैगरी सदस्यहरुमा मैतबहादुर लिम्बु, मंगलसिंह लिम्बु, प्रकाश लिम्बु, मिथुन लिम्बु, सीता चोङ्बाङ्, भूमिराज लिम्बु रहनुभएको जिल्ला सचिव अशोक मादेनले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...