मेरिङदेनमा लिम्बुवान मञ्चको टोल समिति गठन

,   लिम्बुवान खबर
                       

ताप्लीजोङ्। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति ताप्लेजुङको संगठन विस्तारको अभियान अन्तर्गत आज मेरिङ्देन गाउँपालिका वडा नं. २ साविक सान्थाक्रा गाविस वडा नं. ४ स्थित आँगो टोलमा ११ सदस्यीय टोल समिति गठन गरिएको छ ।

मञ्चका जिल्ला अध्यक्ष भुपेन्द्र माबोको प्रमुख आतिथ्यता एवं उपाध्यक्ष रुपा चोङ्वाङ, सचिव अशोक मादेन, सचिव सुजता लाबुङ लगायतको उपस्थितिमा पूर्णध्वोज लिम्बुको अध्यक्षतामा टोल समिति गठन गरिएको छ ।

उक्त गठित टोल समितिको उपाध्यक्षहरुमा हरि केदेम, लाजेहाङ यक्सो, सचिव धन बहादुर लिम्बु, अर्थसचिव जय लिम्बु त्यसैगरी सदस्यहरुमा मैतबहादुर लिम्बु, मंगलसिंह लिम्बु, प्रकाश लिम्बु, मिथुन लिम्बु, सीता चोङ्बाङ्, भूमिराज लिम्बु रहनुभएको जिल्ला सचिव अशोक मादेनले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;