अश्लील च्याट सार्वजनिक भएपछि नेकपाकाे प्रदेश १ सांसद पार्टीबाट निलम्वन

 लिम्बुवान खबर
                       

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ताप्लेजुङले प्रदेश सांसद होमकुमारी साँवालाई पार्टीको जिल्ला कमिटीबाट तीन महिनाका लागि निलम्वन गरेको छ । एक युवतीसँग अश्लील च्याट गरेको कुरा सार्वजनिक भएपछि उनलाई जिल्ला समितिबाट निलम्वन गरिएको नेकपा ताप्लेजुङले जनाएको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा ताप्लेजुङ जिल्ला इञ्चार्ज भाष्कर काफ्लेले अस्वभाविक शब्द र अश्लील शब्द प्रयोग गरेको च्याट सार्वजनिक भएपछि प्रदेश १ सांसद साँवालई ३ महिनाका लागि निलम्वन गरिएको जानकारी दिएका छन् ।

नेकपा ताप्लेजुङले काफ्लेको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएको र कार्यदलको प्रतिवेदनका आधारमा उनलाई कारबाही गरिएको हो । सांसद साँवाले आफूबाट अब यस्ता कमिकमजोरी नहुने सर्त सहितको लिखित स्पष्टीकरण पार्टीलाई बुझाएकी छन् ।

अश्लील शब्दसहितको च्याट सामाजिक सञ्जालमा भाइरल बनेपछि नेकपाले छानबिन समिति नै बनाउनु परेको थियो ।

सम्बन्धित समाचार

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

दमकमा असोज ५ देखि ५६ हजार नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाइने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले आगामी असोज ५ गतेदेखि नगरका ३० वर्षमाथिका ५६ हजार ७ सय २८ नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाउने भएको छ। लामखुट्टेको टोकाइबाट सर्ने यो गम्भीर रोगको जोखिम न्यूनीकरणका...

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

;