कोरोना संक्रमण पुष्टिसँगै चुलाचुली १ मा सिल, गाउँपालिकाले लकडाउन एकहप्ता बढायो

 लिम्बुवान खबर
                       

चुलाचुली।चुलाचुली १ का कोरोना भाईरस (कोभिड–१९) चुलाचुलीमा १ को एक जनामा पोजेटिभ संक्रमित पुष्टि भएसँगै सिल गरिएको छ ।

चुलाचुली वन वातावरण तथा विपत व्यवस्थापन समितिको आकस्मिक बैठक बसि चुलाचुली १ स्थिति पूर्वमा दाहाल खोल्सी, पश्चिममा विसाउनी खोल्सी, उत्तरमा चुलाचुली मार्ग र दक्षिणमा कृषि मार्ग यि चार किल्ला भित्र कन्ट्याक टे«सिङ् आधारमा पिसिआर रिपोर्ट नआएसम्मको लागि आजबाट सिल गरेको जनाएकाे छ ।

त्यसैगरी चुलाचुली गाउँपालिकाले भदौं १४ देखि २१ गतेसम्म गरेको लकडाउनलाई पुनः एक हप्ता बढाई आगामी भदौं २६ गतेसम्म थप गरेको छ । उक्त समयमा अत्सयावश्यक काम बाहेकको सबै सेवा बन्द गरिएको गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले बताएका छन् ।

 

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...