पोक्लाबाङ् यक माङगेन्ना लुङधुङको सचिवालय बैठक सम्पन्न

,   लिम्बुवान खबर
                       

तेह्रथुम। फेदाप पोक्लाबाङर फेदाप स्थित ऐतिहासिक पोक्लाबाङ यक (गढी) लगायत फेदापका अन्य ऐतिहासिक सांस्कृतिक, मुन्धुमी महत्त्व बोकेका स्थल तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण र संम्वर्दन गर्ने उदेस्यले गत भाद्र ६ गते अनलाइन जिट्सी जुम भेला बाट गठित पोक्लाबाङ यक माङगेन्ना लुङधुङको आज मिति २०७७ भाद्र २१ गते पोक्लाबाङको फेदाप स्पोर्टिङ क्लबको हलमा सचिवालय बैठक सम्पन्न भएको छ । आदिवासी लिम्बुहरुको ऐतिहासिक तथा मुन्धुमी यक एवं भुमिहरु राज्य पक्षबाट लगातार अतिक्रमण हुन थालेपछि किरात याक्थुङ चुम्लुङ सम्बद्ध याक्थुङ बुद्धिजीवीहरुको सक्रियतामा उक्त समिति गठन भएको हो । पोक्लाबाङ माङगेन्ना यक मान्ने १८ थरी लिम्बुजातिका थरगत सयङ र संङ्जुम संस्थाहरुबाट २ र २ जना महिला र पुरुष गरि ३६ जनाको मुल कार्य समिती रहेकोमा ९ सदस्य सचिवालय समिति गठन भएको छ । उक्त माङ्गेन्ना लुङधुङलाई सावा येत्हाङ पोक्लावाङ चुम्लुङले नियमन गर्नेछ । पोक्लाबाङ् यक माङ्गेन्ना लुङधुङ समिति संयोजक राम बहादुर कुरुम्बाङको अध्यक्षतामा सम्पन्न सचिवालय बैठकले विभिन्न बिषयहरुमा निर्णयहरु समेत गरेको छ ।

निर्णयहरुः-
-पोक्लाबाङ यक माङगेन्ना लुङधुङ तदर्थ कार्यसमिति गठन गर्नु पूर्व यस माङ्गेन्ना लुङ्धुङ संरक्षण समितिलाइ मार्गनिर्दिष्ठ गर्न र माङ्गेन्ना यक बारे विज्ञहरुले तयार गरेको आधारभुत अवधारणा पत्र सचिवालयलाइ बाचन गरेर प्रस्तुत गरियो ।

-संस्थाको कार्यालय फेदाप पोक्लाबाङ बजारमा कोठा खोजी कार्यालको बोर्ड समेत निर्माण गरि आजको मितिले २० दिन भित्र स्थापना गरिसक्ने निर्णय गरियो ।

-संस्था दर्ता गर्न अध्यक्ष राम कुरुम्बाङको संयोजकत्वमा सदस्यहरु टेक ब खापुङ, सेसेहाङ हुक्पाचोङबाङ, रामकुमारी लिम्बु, हर्क पयाङगु गरि ५ सदस्यीय बिधान निर्माण समिति गठन गरियो ।

-संस्था संचालन गर्न आर्थिक आवश्यक पर्ने हुनाले आर्थिक स्रोतहरुको पहिचान गरी आर्थिक संकलन गर्न कोषाध्यक्ष राजकुमारी लिम्बुको संयोजकत्वमा सबै सचिवालय सदस्यहरु सदस्य रहने गरि आर्थिक संकलन समिति गठन गर्ने निर्णय गरियो ।

-पोक्लाबाङ बजार र पोक्लाबाङ यक संरक्षण गर्ने उदेश्यले स्थापित पोक्लाबाङ स्थित विभिन्न संघसंस्था र समुहहरु संग सहयोग, सहकार्य र भाइचारा सम्बन्ध कायम गर्न पोक्लाबाङ यक माङगेन्ना लुङधुङले उक्त संस्थाहरुलाई आधिकारिक पत्राचार गर्ने निर्णय लगायत विभिन्न बिषयहरुमा महत्वपूर्ण छलफल तथा निर्णयहरु भएका छन ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;