पोक्लाबाङ् यक माङगेन्ना लुङधुङको सचिवालय बैठक सम्पन्न

 लिम्बुवान खबर
                       

तेह्रथुम। फेदाप पोक्लाबाङर फेदाप स्थित ऐतिहासिक पोक्लाबाङ यक (गढी) लगायत फेदापका अन्य ऐतिहासिक सांस्कृतिक, मुन्धुमी महत्त्व बोकेका स्थल तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण र संम्वर्दन गर्ने उदेस्यले गत भाद्र ६ गते अनलाइन जिट्सी जुम भेला बाट गठित पोक्लाबाङ यक माङगेन्ना लुङधुङको आज मिति २०७७ भाद्र २१ गते पोक्लाबाङको फेदाप स्पोर्टिङ क्लबको हलमा सचिवालय बैठक सम्पन्न भएको छ । आदिवासी लिम्बुहरुको ऐतिहासिक तथा मुन्धुमी यक एवं भुमिहरु राज्य पक्षबाट लगातार अतिक्रमण हुन थालेपछि किरात याक्थुङ चुम्लुङ सम्बद्ध याक्थुङ बुद्धिजीवीहरुको सक्रियतामा उक्त समिति गठन भएको हो । पोक्लाबाङ माङगेन्ना यक मान्ने १८ थरी लिम्बुजातिका थरगत सयङ र संङ्जुम संस्थाहरुबाट २ र २ जना महिला र पुरुष गरि ३६ जनाको मुल कार्य समिती रहेकोमा ९ सदस्य सचिवालय समिति गठन भएको छ । उक्त माङ्गेन्ना लुङधुङलाई सावा येत्हाङ पोक्लावाङ चुम्लुङले नियमन गर्नेछ । पोक्लाबाङ् यक माङ्गेन्ना लुङधुङ समिति संयोजक राम बहादुर कुरुम्बाङको अध्यक्षतामा सम्पन्न सचिवालय बैठकले विभिन्न बिषयहरुमा निर्णयहरु समेत गरेको छ ।

निर्णयहरुः-
-पोक्लाबाङ यक माङगेन्ना लुङधुङ तदर्थ कार्यसमिति गठन गर्नु पूर्व यस माङ्गेन्ना लुङ्धुङ संरक्षण समितिलाइ मार्गनिर्दिष्ठ गर्न र माङ्गेन्ना यक बारे विज्ञहरुले तयार गरेको आधारभुत अवधारणा पत्र सचिवालयलाइ बाचन गरेर प्रस्तुत गरियो ।

-संस्थाको कार्यालय फेदाप पोक्लाबाङ बजारमा कोठा खोजी कार्यालको बोर्ड समेत निर्माण गरि आजको मितिले २० दिन भित्र स्थापना गरिसक्ने निर्णय गरियो ।

-संस्था दर्ता गर्न अध्यक्ष राम कुरुम्बाङको संयोजकत्वमा सदस्यहरु टेक ब खापुङ, सेसेहाङ हुक्पाचोङबाङ, रामकुमारी लिम्बु, हर्क पयाङगु गरि ५ सदस्यीय बिधान निर्माण समिति गठन गरियो ।

-संस्था संचालन गर्न आर्थिक आवश्यक पर्ने हुनाले आर्थिक स्रोतहरुको पहिचान गरी आर्थिक संकलन गर्न कोषाध्यक्ष राजकुमारी लिम्बुको संयोजकत्वमा सबै सचिवालय सदस्यहरु सदस्य रहने गरि आर्थिक संकलन समिति गठन गर्ने निर्णय गरियो ।

-पोक्लाबाङ बजार र पोक्लाबाङ यक संरक्षण गर्ने उदेश्यले स्थापित पोक्लाबाङ स्थित विभिन्न संघसंस्था र समुहहरु संग सहयोग, सहकार्य र भाइचारा सम्बन्ध कायम गर्न पोक्लाबाङ यक माङगेन्ना लुङधुङले उक्त संस्थाहरुलाई आधिकारिक पत्राचार गर्ने निर्णय लगायत विभिन्न बिषयहरुमा महत्वपूर्ण छलफल तथा निर्णयहरु भएका छन ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...