दमक जेसीजको आजदेखि जेसीज सप्ताह शुरु

 लिम्बुवान खबर
                       

दमक,२२ भदौ । दमक जेसीजको आजदेखि जेसीज सप्ताह–२०७७ शुरु भएको छ । दमक जेसीज ४० औ स्थापना दिवससहित आफनो सप्ताह कार्यक्रम औपचारिक रुपमा शुरु गरिएको हो ।

जेसीज सप्ताहका अवसरमा आजदेखि भदौ २४ गतेसम्म कोभिड संक्रमणका कारण सामाजिक दुरी कायम गरि विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाउन लागिएको अध्यक्ष कमल कटुवालले वताए ।

 

उनका अनुसार जेसीज सप्ताहको पहिलो दिन आज जेसीज सचिवालयमा उद्घाटनसहित स्थापना दिवस गरिनुका साथै जेसीज सदस्यहरुलाई नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण समेत प्रदान गरिएको थियो ।

यसैगरि भदौ २३ गते मंगलवार भने विहान ११ वजे दमक उद्योग वाणिजय संघको सभाहलमा कोभिड १९ सम्बन्धी जनचेतनामूलक अन्तरकृया, ३ वजे नगरपालिकालाई कोरोना परीक्षणका लागि चाहिने भिटिएम कीट हस्तान्तरण गरिने कार्यक्रम रहेको महासचिव सञ्जिव वरालले वताएका छन् । त्यस्तै भदौ २४ गते विहान ११ वजे निर्माणधिन जेसीज तालिम केन्द्रमा स्वास्थ्य सामाग्रीहरु वितरण र ३ वजे जेसीज सचिवालयमा जेसीज सप्ताहको समापन तथा प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको महासचिव वरालले जनाएका छन् ।

जेसीज सप्ताह कार्यक्रम सम्पन्न गर्न नवराज उप्रेती (अनिश ) मूल कार्यक्रम संयोजक रहेको एक उपसमिति गठन गरिएको छ ।हरेक बर्ष जेसीजले विभिन्न सामाजिक गतिविधिहरु गरि सप्ताह कार्यक्रम सञ्चालन गरिआएको पूर्व अध्यक्ष चन्द्र खत्रीले वताए ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...