दमक जेसीजको आजदेखि जेसीज सप्ताह शुरु

 लिम्बुवान खबर
                       

दमक,२२ भदौ । दमक जेसीजको आजदेखि जेसीज सप्ताह–२०७७ शुरु भएको छ । दमक जेसीज ४० औ स्थापना दिवससहित आफनो सप्ताह कार्यक्रम औपचारिक रुपमा शुरु गरिएको हो ।

जेसीज सप्ताहका अवसरमा आजदेखि भदौ २४ गतेसम्म कोभिड संक्रमणका कारण सामाजिक दुरी कायम गरि विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाउन लागिएको अध्यक्ष कमल कटुवालले वताए ।

 

उनका अनुसार जेसीज सप्ताहको पहिलो दिन आज जेसीज सचिवालयमा उद्घाटनसहित स्थापना दिवस गरिनुका साथै जेसीज सदस्यहरुलाई नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण समेत प्रदान गरिएको थियो ।

यसैगरि भदौ २३ गते मंगलवार भने विहान ११ वजे दमक उद्योग वाणिजय संघको सभाहलमा कोभिड १९ सम्बन्धी जनचेतनामूलक अन्तरकृया, ३ वजे नगरपालिकालाई कोरोना परीक्षणका लागि चाहिने भिटिएम कीट हस्तान्तरण गरिने कार्यक्रम रहेको महासचिव सञ्जिव वरालले वताएका छन् । त्यस्तै भदौ २४ गते विहान ११ वजे निर्माणधिन जेसीज तालिम केन्द्रमा स्वास्थ्य सामाग्रीहरु वितरण र ३ वजे जेसीज सचिवालयमा जेसीज सप्ताहको समापन तथा प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको महासचिव वरालले जनाएका छन् ।

जेसीज सप्ताह कार्यक्रम सम्पन्न गर्न नवराज उप्रेती (अनिश ) मूल कार्यक्रम संयोजक रहेको एक उपसमिति गठन गरिएको छ ।हरेक बर्ष जेसीजले विभिन्न सामाजिक गतिविधिहरु गरि सप्ताह कार्यक्रम सञ्चालन गरिआएको पूर्व अध्यक्ष चन्द्र खत्रीले वताए ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजिको माग गर्दै फुङ्लिङमा जनप्रदर्शन र घाइतेहरुलाई सम्मान

ललितपुर, १६ माघ । लिम्बुहरुको मुन्धुमिस्थल मुक्जुमलुङमा बन्न लागेको पाथीभरा केबलकार निर्माण खारेजीको माग गर्दै शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । केबलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा र्‍यालीसहित नगर परिक्रमा गरी तोक्मेडाँडामा कोणसभा गरिएको हो...

सातौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

ललितपुर, माघ १४ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित...

मुक्कुमलुङमा नो केवलकार पक्षधरकाे नाैं जिल्लामा कोणसभा

  दमक, १२ माघ । ताप्लेजुङस्थित किरात याक्थुङ जातीहरुको मुन्धुमी स्थल मुक्कुमलुङ्मा निर्माणाधिन केवलकार विरुद्धको आन्दोलन पुनः शुरु भएको छ । सोमबार एकैदिने पूर्व लिम्बुवानको नौ वटै जिल्लाहरुको विभिन्न शहरहरुमा कोणसभा गर्दै मुक्कुमलुङ संरक्षण संयुक्त...

माघ २५ देखि ‘पवित्रहाङमा कप’ हुने

दमक, ११ माघ । किरात धर्म गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं जन्मोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता ‘१६औं पवित्रहाङमा गोल्ड कप २०८२’ आउदो माघ २५ गतेदेखि फागुन ३ गतेसम्म संचालन हुने भएको...