कमलका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठलाई उत्कृष्ट निजामती पुरस्कार

 लिम्बुवान खबर
                       

 कमल। झापाको कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ उत्कृष्ट निजामती सेवा पुरस्कारबाट पुरस्कृत हुने भएका छन् ।

निजामती कर्मचारी दिवसका अवसरमा उत्कृष्ट निजामती सेवा पुरस्कारबाट प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठसहित १० जनालाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कारको राशी रु १ लाख छ ।

 

झापाको साविक लखनपुर १ पाडाजुंगी ( हाल कमल गाँउपालिका ५ ) मा जन्मिएका श्रेष्ठ १२ वर्षअघि निजामति सेवामा प्रवेश गरेका थिए । हाल उनी इटहरीमा वस्दैआएका छन् ।
उत्कृष्ट पुरस्कार पाउने अन्यहरूमा झापाका पूर्व प्रमुख जिल्ला अधिकारी हाल काठमाडौका प्रजिज जनकराज दाहाल, सुशीलकुमार लम्साल, मानबहादुर अर्याल, प्रकाश जोशी, डिलाराम पन्थी, सुरतकुमार बम, टामलाल पाण्डे, उषादेवी देवकोटा र धनबहादुर लामा छन् ।
त्यस्तै यसरी ५० हजार राशीको निजामती पुरस्कार पाउने ३० जनाको नाम घोषणा गरिएको छ।यसरी निजामती पुरस्कार पाउनेहरूमा रघुराम विष्ट, गोपालप्रसाद रिजाल, भीमकुमार श्रेष्ठ, खोमराज कोइराला, कुवेर नेपाली, रोशनीदेवी कार्की, अञ्जनकुमार मिश्र, डा। वीरेन्द्रकुमार मिश्र, बाबुराजा अधिकारी, टीकाराम ढकाल, रञ्जितकुमार भट्ट, सन्तोष निरौला, सावित्री पौडेल बेलबासे छन्।

यसैगरी मञ्जुसिंह भण्डारी थापा, सन्तोष दर्जी, इन्दिरा ज्ञवाली, गजराज घिमिरे, नानुका पोखरेल आचार्य, प्रकाश प्रेमी गैरे, जयदेव विष्ट, लालबहादुर विष्ट, मनिला मादेन, सुदर्शन खनाल, शिमला श्रेष्ठ, भरतकुमार कार्की, उमेश घटवार, सरस्वतीकुमारी श्रेष्ठ, गेदलाल खत्री, कमला थापा र अनुज फुयालले निजामती पुरस्कार प्राप्त गर्ने भएका छन्। सर्वोकृष्ट पुरस्कार पाउने भने कोही पनि छैनन् ।

सरकारले चार वर्षअघिदेखि नै सर्वोत‍्कृष्ट निजामती पुरस्कार कसैलाई दिएको छैन। अन्तिमपटक ०७३ मा तत्Xकालिन अर्थ सचिव शान्तराज सुवेदीले यो पुरस्कार पाएका थिए। त्यसयता यो पुरस्कार कसैले नपाएका हुन्।

मुख्य सचिवको अध्यक्षतामा रहेको निजामती पुरस्कार सिफारिस समितिले सर्वोत्कृष्ट कर्मचारी छनोट गर्ने प्रावधान छ। तर, यस वर्ष मुख्य सचिव लोकदर्शन रेग्मी अध्यक्ष रहेको समितिले सर्वोत्कृष्ट कर्मचारी नै छनोट गर्न सकेन।तर, १० जना उत्कृष्ट र ३० जना निजामती सेवा पुरस्कार पाउने कर्मचारीको छनोट भने समितिले गरेको छ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...