कमलका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठलाई उत्कृष्ट निजामती पुरस्कार

,   लिम्बुवान खबर
                       

 कमल। झापाको कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ उत्कृष्ट निजामती सेवा पुरस्कारबाट पुरस्कृत हुने भएका छन् ।

निजामती कर्मचारी दिवसका अवसरमा उत्कृष्ट निजामती सेवा पुरस्कारबाट प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठसहित १० जनालाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कारको राशी रु १ लाख छ ।

 

झापाको साविक लखनपुर १ पाडाजुंगी ( हाल कमल गाँउपालिका ५ ) मा जन्मिएका श्रेष्ठ १२ वर्षअघि निजामति सेवामा प्रवेश गरेका थिए । हाल उनी इटहरीमा वस्दैआएका छन् ।
उत्कृष्ट पुरस्कार पाउने अन्यहरूमा झापाका पूर्व प्रमुख जिल्ला अधिकारी हाल काठमाडौका प्रजिज जनकराज दाहाल, सुशीलकुमार लम्साल, मानबहादुर अर्याल, प्रकाश जोशी, डिलाराम पन्थी, सुरतकुमार बम, टामलाल पाण्डे, उषादेवी देवकोटा र धनबहादुर लामा छन् ।
त्यस्तै यसरी ५० हजार राशीको निजामती पुरस्कार पाउने ३० जनाको नाम घोषणा गरिएको छ।यसरी निजामती पुरस्कार पाउनेहरूमा रघुराम विष्ट, गोपालप्रसाद रिजाल, भीमकुमार श्रेष्ठ, खोमराज कोइराला, कुवेर नेपाली, रोशनीदेवी कार्की, अञ्जनकुमार मिश्र, डा। वीरेन्द्रकुमार मिश्र, बाबुराजा अधिकारी, टीकाराम ढकाल, रञ्जितकुमार भट्ट, सन्तोष निरौला, सावित्री पौडेल बेलबासे छन्।

यसैगरी मञ्जुसिंह भण्डारी थापा, सन्तोष दर्जी, इन्दिरा ज्ञवाली, गजराज घिमिरे, नानुका पोखरेल आचार्य, प्रकाश प्रेमी गैरे, जयदेव विष्ट, लालबहादुर विष्ट, मनिला मादेन, सुदर्शन खनाल, शिमला श्रेष्ठ, भरतकुमार कार्की, उमेश घटवार, सरस्वतीकुमारी श्रेष्ठ, गेदलाल खत्री, कमला थापा र अनुज फुयालले निजामती पुरस्कार प्राप्त गर्ने भएका छन्। सर्वोकृष्ट पुरस्कार पाउने भने कोही पनि छैनन् ।

सरकारले चार वर्षअघिदेखि नै सर्वोत‍्कृष्ट निजामती पुरस्कार कसैलाई दिएको छैन। अन्तिमपटक ०७३ मा तत्Xकालिन अर्थ सचिव शान्तराज सुवेदीले यो पुरस्कार पाएका थिए। त्यसयता यो पुरस्कार कसैले नपाएका हुन्।

मुख्य सचिवको अध्यक्षतामा रहेको निजामती पुरस्कार सिफारिस समितिले सर्वोत्कृष्ट कर्मचारी छनोट गर्ने प्रावधान छ। तर, यस वर्ष मुख्य सचिव लोकदर्शन रेग्मी अध्यक्ष रहेको समितिले सर्वोत्कृष्ट कर्मचारी नै छनोट गर्न सकेन।तर, १० जना उत्कृष्ट र ३० जना निजामती सेवा पुरस्कार पाउने कर्मचारीको छनोट भने समितिले गरेको छ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;