नेकपा र कांग्रेस पार्टी परित्याग गरि लिम्बुवानमा प्रवेश, टाेल सिमित गठन

 लिम्बुवान खबर
                       

ताप्लेजुङ। नेकपा र कंग्रेस पार्टी परित्याग गरि १७ जना संघीय लिम्बुवान मञ्चमा आज ताप्लेजुङ् जिल्ला कार्य समितिको जनजागरण कार्यक्रम अन्तर्गत आज मेरिङ्देन गाउँपालिका वडा नं. २, साविक थिङ्लाबु गा.वि.स.वडा नं. ७ स्थित अन्लोङ्मादेन टोलबाट प्रवेश गरेका छन् ।

साथ आजै उक्त टोलमा २२ सदस्यीय संलोराम, संघीय लिम्बुवान मञ्च, नेपाल अन्लोङ्मादेन टोल समिति केशरमान थोप्राको अध्यक्षतामा गठन गरिएको छ । समितिको उपाध्यक्षमा नरेन्द्र ओख्राबु, सचिव निरज ओख्राबु, सहसचिव जीवन ओख्राबु, अर्थसचिव सुरेन्द्र मुसाहाङ, सदस्यहरुमा मनकुमार ओख्राबु, बुद्ध ओख्राबु, रुपेस ओख्राबु, मिलन ओख्राबु, अशोक लिम्बू, नयन लिम्ब, सविन ओख्राबु, राज थाङ्देन, एमन ओख्राबु, नरबहादुर ओख्राबु, बिलन ओख्राबु, दिपेस ओख्राबु, सञ्जबीर ओख्राबु, सन्तोष थोप्रा, जयमान ओख्राबु त्यसैगरी सल्लाहकारहरुमा रुपेन ओख्राबु र राम ओख्राबु चयन हुनुभएको मञ्चका जिल्ला सचिव अशोक मादेनले बताएका छन् ।

सम्बन्धित समाचार

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

दमकमा असोज ५ देखि ५६ हजार नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाइने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले आगामी असोज ५ गतेदेखि नगरका ३० वर्षमाथिका ५६ हजार ७ सय २८ नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाउने भएको छ। लामखुट्टेको टोकाइबाट सर्ने यो गम्भीर रोगको जोखिम न्यूनीकरणका...

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

;