रथयात्राको क्रममा पक्राउ गरिएका नेवाः अभियन्ताहरुलाई तुरुन्त रिहा गर्न सरकारसँग माग

,   लिम्बुवान खबर
                       

काठमाडौं। भदौ १८ गते ललितपुरको पाटन पुल्चोकमा नेवाः समुदायको परम्परागत मच्छिन्द्रनाथको रथयात्रा शुरु गर्ने क्रममा नेपाल सरकारले नेवाः अभियन्ताहरुलाई पक्राउ गरेको प्रति आपत्ती जनाउँदै पहिचानवादी १० राजनैतिक दलले एक विज्ञपित आज प्रकाशित गर्दै तुरुन्त रिहा गर्न सरकारसँग माग गरेको छ ।

नेवा अभियान्ताहरुः असोज महर्जन, यादवलाल कायस्थ, महेश बज्राचार्य, पृथबिन्दु महर्जन, रवि शाक्य, रविन शाक्य, सुबिन शाक्य, ध्रुुवराज बज्राचार्य, श्याम श्रेष्ठ लगायत पक्राउ गरिएकाहरुलाई तुरुन्त रिहाई गर्न पहिचानमा आधारित संघीय गठबन्धनले माग गरेको हो । शताब्दीयौं देखि चलिआएको रथयात्रालाई कसरी व्यवस्थापन गर्ने भनेर सरकारले सम्बन्धित समुदायसँग कयौं चरणको छलफल, बहस, सहमति गरेर निश्कर्ष निकाल्नुको सट्टा नेवार समुदाय माथिको चरम विभेद गरिएको प्रति गठबन्धनले विज्ञप्ति मार्फत खण्डन गरेको छ । आदिवासी नेवार समुदायको सांस्कृतिक परम्परालाई बर्तमान सरकारले शक्तिले मात्तिएको मत्ताहात्तीको रुपमा प्रस्तुत भई केही असहज वातावरण बनेको हुदाँ उक्त असहजतालाई प्रशासन र सम्बन्धित नेवाः समुदायहरु बसेर समाधान गर्नु पर्नेमा पक्राउ गरिएका नेवाः अभियन्ताहरुलाई खोकना प्रतिरोध, सडक बिस्तार पीडित आन्दोलनको बिषयहरु जोडेर यातना दिने, मुद्दा हाल्ने, आफन्तहरुलाई भेट्न नदिनेजस्ता अति निन्दनीय कार्य नेपाल सरकारले गरिरहेको हुँदा सरकारको यस्ता घृणित कार्यको गठबन्धन घोर भत्र्सना गर्दै विज्ञप्ति प्रकाशन गरेको बताइएको छ ।
विज्ञप्तिमा पक्राउ गरिएका नेवाः अभियन्ताहरुलाई विनाशर्त तुरुन्त रिहा गर्न आग्रह गर्दै नेवा समुदायलाई दबाउने हर्कत नेपाल सरकारले जारि राखेमा नेवाः समुदायको आन्दोलनमा साथ दिन लिम्बुवान, खम्बुवान/किरात, शेर्पा, तामाङसालिङ, मधेश, तमुवान, मगरात, खसान, थरुहट, दलित शिल्पी समुदाय १०+१ प्रान्तहरु तयार रहेको चेतावनी सरकारलाई दिएका छन् ।

विज्ञप्ति पहिचानमा आधारित १० वटा राजनैतिक दलहरु नेपाः राष्ट्रिय पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, खशान राष्ट्रिय संघर्ष समिति, नेपाल राष्ट्रिय परिषद, नेपाल लोकतान्त्रिक पार्टी, आदिवासी जनजाति पार्टी, नेपाल, थरुहट थारुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, मगरात सघर्श समित र तराइ मधेश रास्ट्रीय परिषदले जारी गरेका हुन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;