नेकपा र नेपाली कांग्रेस परित्याग गरि लिम्बुवान मञ्चमा प्रवेश

 लिम्बुवान खबर
                       

ताप्लीजोङ्। ताप्लीजोङ्को सिन्धोलुङ मैवाथुम गाउँपालिका वडा नं. २ लुङतरङ पाङभे लेक्वा यकका ३६ जना नेकपा र नेपाली कांग्रेस पार्टी परित्याग गरि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च नेपाल प्रबेश भएको छन् ।
मञ्चका केन्द्रीय सचिवालय सदस्य मुक्साम लाबुङ्को प्रमुख आतिथ्यमा पार्टी प्रवेश कार्यक्रम हिजो साँझ तुङ्तरङ्मा सम्पन्न भएको हो ।
लिम्बुवान प्रवेश गर्नुहुनेहरुमा पूर्णसिंह लिम्बु, सुशील लिम्बु, विश्वराज लिम्बु, बसन्त लिम्बु, बुद्धिमान लिम्बु, शितल बि.क., भिमकुमार वनेम, शिवकाुर वनेम, भिमराज वनेम, लालबहादुर लिम्बु, आशिष लिम्बु, सलमान तामाङ, गोपाल मुसाहाङ, लक्षमण वनेम, बलिहाङ वनेम, तुम्याहाङ वनेम, सञ्जय लिम्बु, याक्थुङ लिम्बु, दिपेन्द्र सुनुवार, किरात लिम्बु, मुक्कुम वनेम, सानकुमार वनेम, देउप्रसाद राई, पदम वनेम, दिप श्रेष्ठ, किरण लिम्बु, सागर लिम्बु, अविनाश वनेम, क्षितिज शेर्पा, गंगामाया सुनुवार, सोनिया लिम्बु, विमला लिम्बु, जंगबहादुर लिम्बु, जीवन एभेङ, ललित लिम्बु लगायत रहनुभएको जिल्ला सचिव अशोक मादेनले जानकारी दिएका छन् । पार्टी प्रवेश कार्यक्रममा अब देश संघीयता, पहिचान र सह–अस्तित्व तर्फ उन्मुख भईरहेको हुँदा संघीय सह–अस्तित्ववाद र सामुदायिक समाजवादले मात्र नेपाल निर्माण हुने भएको हुँदा भ्रष्टचारीहरुको थलो भएको पुरानो पार्टी परित्याग गरेको नवप्रवेशी पुर्णसिंह लिम्बु बताएका छन् ।
मञ्चका सचिवालय सदस्य मुक्साम लाबुङ्ले पार्टी प्रवेशीहरुलाई अबिर लगाई पार्टीको विधान अनुसार सफथ खुवाई पार्टीमा स्वागत गर्नुभएको छ ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...