नेकपा र नेपाली कांग्रेस परित्याग गरि लिम्बुवान मञ्चमा प्रवेश

 लिम्बुवान खबर
                       

ताप्लीजोङ्। ताप्लीजोङ्को सिन्धोलुङ मैवाथुम गाउँपालिका वडा नं. २ लुङतरङ पाङभे लेक्वा यकका ३६ जना नेकपा र नेपाली कांग्रेस पार्टी परित्याग गरि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च नेपाल प्रबेश भएको छन् ।
मञ्चका केन्द्रीय सचिवालय सदस्य मुक्साम लाबुङ्को प्रमुख आतिथ्यमा पार्टी प्रवेश कार्यक्रम हिजो साँझ तुङ्तरङ्मा सम्पन्न भएको हो ।
लिम्बुवान प्रवेश गर्नुहुनेहरुमा पूर्णसिंह लिम्बु, सुशील लिम्बु, विश्वराज लिम्बु, बसन्त लिम्बु, बुद्धिमान लिम्बु, शितल बि.क., भिमकुमार वनेम, शिवकाुर वनेम, भिमराज वनेम, लालबहादुर लिम्बु, आशिष लिम्बु, सलमान तामाङ, गोपाल मुसाहाङ, लक्षमण वनेम, बलिहाङ वनेम, तुम्याहाङ वनेम, सञ्जय लिम्बु, याक्थुङ लिम्बु, दिपेन्द्र सुनुवार, किरात लिम्बु, मुक्कुम वनेम, सानकुमार वनेम, देउप्रसाद राई, पदम वनेम, दिप श्रेष्ठ, किरण लिम्बु, सागर लिम्बु, अविनाश वनेम, क्षितिज शेर्पा, गंगामाया सुनुवार, सोनिया लिम्बु, विमला लिम्बु, जंगबहादुर लिम्बु, जीवन एभेङ, ललित लिम्बु लगायत रहनुभएको जिल्ला सचिव अशोक मादेनले जानकारी दिएका छन् । पार्टी प्रवेश कार्यक्रममा अब देश संघीयता, पहिचान र सह–अस्तित्व तर्फ उन्मुख भईरहेको हुँदा संघीय सह–अस्तित्ववाद र सामुदायिक समाजवादले मात्र नेपाल निर्माण हुने भएको हुँदा भ्रष्टचारीहरुको थलो भएको पुरानो पार्टी परित्याग गरेको नवप्रवेशी पुर्णसिंह लिम्बु बताएका छन् ।
मञ्चका सचिवालय सदस्य मुक्साम लाबुङ्ले पार्टी प्रवेशीहरुलाई अबिर लगाई पार्टीको विधान अनुसार सफथ खुवाई पार्टीमा स्वागत गर्नुभएको छ ।

सम्बन्धित समाचार

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...